News Category 2073/09/06
गाविस सचिव बिरुद्ध बभनगामाकट्टीका स्थानियद्वारा जिविसमा उजुरी
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
सप्तरीको बभनगामाकट्टी गाविसका जनताहरुले सचिव गाविस जाने नगरेको र विकासीय बजेटहरु समेत पारदर्शी नगरेको भन्दै मंगलबार जिल्ला विकास समिति सप्तरीमा उजुरी दिएका छन् ।
गाविसका करिब तीन दर्जन जनताले सामूहिक रुपमा गाविस सचिव दशरथ मण्डलबिरुद्व जिविस सप्तरीमा उजुरी दिएका हुन् ।
सचिव नहुँदा कामकाज प्रभावित भइरहेको तथा विकासीय अनुदान रकम हालसम्म निकासा भएको या नभएको भन्ने कुरा समेत उनीहरुलाई जानकारी नभएको बताउँदै उनीहरुले रकम निकासा भएको या नभएको सम्बन्धमा नागरिक वडा मंच र नागरिक सचेतना केन्द्रका पदाधिकारी समेतलाई जानकारी नभएको बताएका छन् ।
उजुरीमा नगरिक वडा मंच वडा नम्बर ६ की संयोजक पुनम कुमारी यादव, वडा नम्बर ५ का प्रेम कुमार राउत, वडा नम्बर ४ का भगवती मण्डल समेतले उजुरीमा हस्ताक्षर गरेका छन् ।
उजुरीमा सचिवले हालसम्म आगामी बर्षका लागि योजना समेत नबनाएको र हतारमा परिषद् गर्ने मनसायमा रहेको हुँदा सचिवलाई झिकाएर सत्यतथ्य बुझ्न माग गरिएको छ । यसो नगरिए पुस १२ गतेदेखि गाविस कार्यालयमा ताला लगाउने उनीहरुले चेतावनी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ