News Category 2073/09/06
सप्तरीमा जिल्ला शिक्षा योजना बन्ने
दैनिक समाचारदाता
राजविराज, ५ पुस ।
शिक्षालाई प्रभावकारी र गुणस्तरीय बनाउने उद्देश्यले सप्तरीमा जिल्ला शिक्षा योजना बन्ने भएको छ ।
आसमान नेपालको सहकार्यमा जिल्ला शिक्षा कार्यालय सप्तरीको मंगलबार बसेको बैठकले जिल्ला शिक्षा योजना बनाउने निर्णय गरेको हो ।
युनिसेफको सहयोगमा आसमान नेपालद्वारा संचालित गुणस्तरीय समावेशी शिक्षाका लागि स्थानिय निकायको सवलीकरण कार्यक्रम अन्तर्गत शिक्षा कार्यालयको समन्वयमा जिल्ला शिक्षा योजना बनाइनेछ ।
शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लामा धेरै पुरानो शिक्षा योजना रहेको र अब नयाँ योजना बनाएर शिक्षालाई अगाडि बढाउने बताउँदै कुनै पनि कार्यका लागि योजना अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
यस्तै बैठकले शिक्षा योजना बनाउनका लागि समिति समेत गठन गरेको छ । शिक्षा अधिकारी पाण्डेको संयोजकत्वमा बनेको समिति सदस्यहरुमा सहायक शिक्षा अधिकारी रामदेव चौधरी, विद्यालय निरीक्षक देवशंकर यादव, श्रोत व्यक्ति देवकुमार यादव र भोगेन्द्र प्रसाद यादव तथा शिक्षा कार्यालयका कम्प्ययुटर फाँटका मनोज भट्टराई रहनु भएको छ भने सात सदस्यीय समितिमा एक जना पछि थप गरिने शिक्षा अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
बैठकमा आसमान नेपालका जिल्ला संयोजक श्रवण देवले अहिलेसम्म भएका गतिविधीका साथै विद्यालय शान्ति क्षेत्र, विद्यालयभन्दा बाहिर रहेका बालबालिका र भर्ना सम्बन्धमा जानकारी गराउनु भएको थियो ।
सम्पन्न बैठकमा शिक्षा अधिकारी, सहायक शिक्षा अधिकारीसहित विद्यालय निरीक्षक र श्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ