News Category 2073/09/07
राज्यबाट पाउने सेवा सुविधा नपाउँदा एकै परिवारका पाँच अपाङता भएका व्यक्ति बिचल्लीमा
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पटी टोलका एकै परिवारका पाँच जना अपाङ्गहरुले सरकारबाट पाउने सेवा र सुबिधा नपाउँदा बिचल्लीमा परेका छन ।
एउटै परिवारका दुई दाजु भाई, उनका बहिनी, श्रीमति र छोरा सहित पाँच जना अपाङ्ग रहेका छन । तर, ती अपाङ्गहरुले राज्यबाट पाउनुपर्ने सेवा र सुविधाहरु अझै पाउन नसक्दा उनीहरुको बिच्चली भएको छ ।
५० वर्षिय शम्भु मण्डल, उनका भाई ४५ वर्षिय शिव नारायण मण्डल, उनकी श्रीमति ४० वर्षिय गिता देवी मण्डल, बहिनी ४२ वर्षिय जयकला देवी मण्डल र एक छोरा सहित पाँचै जना अपाङ छन । ती पाँचै जनाको दुवै आँखा नदेखिनााले जिवनयापन गर्न अफ्ठ्यारो भइरहेको छ ।
उनीहरुमध्ये शिव नारायण मण्डल, दाजु शम्भु र बहिनी जयकलाले २०६७ देखि २०७१ असारसम्म राज्यबाट पाउनु पर्ने सेवा र सुविधाहरु पाएपनि पछिल्लो दुई वर्षदेखि ती सेवा र सुविधाहरु नपाएको गुनासो गरेका छन ।
शम्भुको २ छोरा र २ छोरी, शिव नारायणको २ छोरा र १ छोरी तथा जयकलाको २ छोरा र १ छोरीको लालन पालनमा निकै समस्या भइरहेको छ । राज्यबाट पाउने सेबा र सुबिधाहरु बन्द भएपछि छोराछोरीहरुलाई पालन पोषणमा निकै समस्या भइरहेको उनीहरुको बताएका छन् ।
सरकारले अहिले पूर्ण अपाङ्गता भएकालाई रातो काड, समान्य अपाङ्गलाई हरियो काड लगायतका व्यवस्था गरेपछि उनीहरुले रातो काडका लागि बालबालिका कार्यालयदेखि लिएर सगरमाथा अपाङ्ग संघ लगायतका विभिन्न निकायमा महिनौ दिनसम्म धाउँदा पनि कुनै सुनुवाई नभएको उनीहरुको गुनासो छ ।
यसैबिच सो सम्बन्धमा गाबिसका सचिव हरेराम यादवले यसअघि गाबिसबाट पाउने सेवा र सुबिधाहरु उनीहरुलाई प्रदान गर्दै आएको तथा पछिल्लो वर्ष राज्यले पूर्ण अपाङ्गतालाई मात्र सेवा सुबिधा दिने निर्णयपछि उनीहरुसँग रातो काड नभएकाले राज्यबाट पाउनुपर्ने सेवा र सुबिधा पाउँनबाट बञ्चित हुनु परेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ