News Category 2073/09/07
व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन
दैनिक समाचारदाता
राजविराज, ६ पुस ।
कृषि मन्त्रालयअन्तर्गत रहेको व्यावसायिक कृषि परियोजना (प्याक्ट)द्वारा पूर्वाञ्चलको चारवटा जिल्लामा व्यावसायिक कृषकको छनोटमा आर्थिक अनियमितता भएको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।
उक्त परियोजना (प्याक्ट)द्वारा छनोटमा परेका निजी कृषक व्यवसायीलाई रु एक करोड तथा समूहमा रहेका कृषक व्यवसायीलाई रु ३५ लाखसम्म दिने कार्यक्रमका लागि छनोट गर्ने परियोजनाका पदाधिकारी तथा व्यवसायीबारे छानबिन सुरु गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले मोरङ, सुनसरी, सप्तरी र सिरहाका व्यावसायिक फर्मको छानबिन सुरु गरेको छ । विश्व बैँकको सहयोगमा सञ्चालित उक्त परियोजनाका लागि सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापालगायत १६ जिल्लाका करिब ६०० कृषि तथा पशुपछी व्यवसायमा संलग्न कृषकले पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरमार्फत आवेदन दिएका थिए ।
आवेदन दिएकामध्ये करिब दुई सय किसानको व्यावसायिक फर्मको स्थलगत निरीक्षण गरी निर्देशनालायले छनोट गरेका थियो । छनोटमा परेकामध्येबाट व्यावसायिक प्रस्ताव लेखन र त्यसको जाँच गर्दा प्रयोजनाको केन्द्रीय कार्यालयले सिरहा र सप्तरीका करिब एक दर्जनलाई मात्र उत्कृष्ट छनोट गरेको थियो भने अन्य व्यावसायिक फर्मलाई अस्वीकार गरेको थियो ।
छनोटमा अनियमितता भएको भन्दै मोरङ र सप्तरीका व्यावसायिक कृषकले अख्तियारमा उजुरी गरेका थिए । छनोटमा नपरेका सावित्रा बाख्रा फार्मका सञ्चालक फणिन्द्र सुवेदीले आफुले व्यावसायिक रूपमा खसीबोका तथा पशुपालनको कारोबार गरेको, स्थलगत निरीक्षण र प्रस्ताव लेखनमा उत्तीर्ण भएपनि छनोटमा नपारिएको बताउनुभयो । “पहँुच भएका छनोटमा परे, नहुने बाहिरिए,” उहाँले आरोप लगाउनुभयो । सो परियोजनाको छनोटमा दुई वर्ष लागेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ