News Category 2073/09/08
राष्ट्रिय भारत्तोलन खेलको सम्पूर्ण तयारी पुरा
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सप्तरीमा पुस १० देखी १३ गतेसम्म हुने भारत्तोलन खेलको सम्पूर्ण तयारी पुरा भएको छ ।
भारत्तोलन संघ सप्तरी र सप्तरी जिल्ला खेलकुद विकास समितिले संयुक्त रुपमा बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दएको हो ।
जिल्ला खेलकुद विकास समिति सप्तरीका कार्यालय प्रमुख लक्ष्मण मण्डलले राष्ट्रिय खेलकुद परिषद्ले हालसम राजविराजमा राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भारत्तोलन खेल हुने कुनै आधिकारीक जानकारी नदिएपनि विभिन्न संचारमाध्यमबाट प्राप्त जानकारी अनुसार नै तयारी पुरा गरिसकेको बताउनुभयो ।
यस्तै भारत्तोलनका प्रशिक्षक दिनेश भुजेलले सप्तरीमा भारत्तोलन खेल खेलाउन लिस्टमा परेको जानकारी गराइए पनि हालसम्म राखेपले खेल सम्बन्धी कुनै जानकारी नदिएको आरोप लगाउँदै सप्तरीका भारत्तोलनका खेलाडीहरुलाई संघले आर्थिक संकलन गरेर प्रतियोगिताका लागि तयार गरिरहेको जानकारी दिनुभयो ।
यस्तै भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादवले सप्तरी मधेशी बाहुल्य क्षेत्र रहेको कारणले राष्ट्रिय खेलकुद परिष्दले सप्तरीमा भारत्तोलन खेल खेलाउन पक्षमै नरहेको आरोप लगाउदै यद्दपी खेलाडीहरुले सबैभन्दा बढी स्वर्ण पदक भारत्तोलनबाटै आउने अपेक्षा गरेकाले यस खेलका लागि भारत्तोलन संघले पू्र्ण रुपमा सहयोग गरेको बताउनुभयो ।
प्रतियोगितामा पाँच विकास क्षेत्र, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित ८ वटा टोलीका १ सय २३ जना खेलाडीहरुले प्रतिस्पर्धा गर्ने छन् भने खेलाडीसहित ३० जना निर्णायक, ८ जना प्रशिक्षक र अन्य व्यक्ति गरि १ सय ८९ जनाको उक्त खेलमा सहभागिता रहने जिल्ला खेलकुद विकास समिति सप्तरीले जनाएको छ । जसमा ५९ महिला र ६४ जना पुरुष खेलाडीहरु रहेका छन् ।
यस्तै महिला तर्फ ४८, ५३, ५८, ६३, ६९, ७५ र प्लस ७५ समूह तौल र पुरुष तर्फ ५६, ६२, ६९, ७७, ८५, ९४, १०५ र प्लस १०५ समूह तौलका खेलहरु हुने प्रशिक्षक भुजेलले जानकारी दिनुभयो । सप्तरीबाट उक्त खेलका लागि ४ जना पुरुष र २ जना महिला गरि ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
सोही पत्रकार सम्मेलनमा भारत्तोलन प्रशिक्षक दिनेश भुजेलले हालसम्म नेपालमा भएको राष्ट्रिय प्रतियोगितामा भारत्तोलनले १ सय २९ स्वर्ण प्राप्त गरेको मध्येबाट २९ वटा सप्तरीले नै ल्याएको स्मरण गराउनुभयो ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३१ वटा खेलहरुलाई समावेश गरिएको छ । सप्तरीबाट उक्त प्रतियोगितामा ३३ जना खेलाडीहरुले प्रतिष्पर्धा गर्दैछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/21 बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
- 2082/07/21 करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
- 2082/07/21 मेरो चरित्रहत्या र भ्रम पैmलाउने प्रयास भयो ः मेसु डा. साह
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ