News Category 2073/09/08
विभिन्न १० बुँदे माग राख्दै संघसंस्थाद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, ७ पुस ।
सप्तरीका विभिन्न संघ संस्थाहरुले नगरको विकास तथा सो कार्यमा व्यापक अनियमितता भएको भन्दै बिहिबार विभिन्न १० बुँदे माँग सहित जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएका छन ।
सांसद रन्जित कर्ण नेतृत्वमा तथा जिल्लास्थित काँग्रेसका नेताहरुको सहभागितामा सो ज्ञापन पत्र सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम समक्ष बुझाइएको हो ।
राजविराज नगरपालिकालाई स्मार्ट सिटी हुनुपर्ने, गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा १७ वटा विशेषज्ञहरु हुनुपर्नेमा हाल २ वटा मात्र भएको बाँकी पुरा हुनुपर्ने र निशुल्क वितरण हुने औषधिहरुको लिस्ट टास्नुपर्ने, जिल्ला विकास समितिको विकास बजेट र गाबिसको विकासीय बजेटको प्रभावकारी अनुगमन गरी गाबिसलाई हिलोमुक्त बनाउनुपर्ने, किसानहरुलाई समयमै मल खाद्यको पुर्ति गरी वैज्ञानिक कृषि प्रणाली लागु हुनुपर्ने, गोरगामामा रहेको विमानस्थलको काम तिव्र रुपमा संचालन भई सुचारु हुनुपर्ने, बेरोजगार युवाहरुलाई रोजगारी श्रृजनाको लागि बन्द रहेको गजेन्द्र नारायण सिंह ओद्यौगिक क्षेत्र यथाशिघ्र संचालन हुनुपर्ने, साुमदायिक विद्यालयहरुको गुणस्तरीय सुधारको लागि प्रभावकारी अनुगमन हुनुपर्ने लगायतका माँगहरु अघि सारिएको छ ।
त्यस्तै विरहत्तर सिंचाई योजना समयमै लागु भई गुणस्तरीय कार्यको लागि प्रभावकारी अनुगमन हुनुपर्ने, पकरी खाडो पुल र कुनौली सडक निर्माण कार्यमा भईरहेको ढिला सुस्तीलाई यथाशिघ्र सम्पन्न हुनुपर्ने र भारतीय राजदुतावासको सहयोगमा निर्माण कार्य भईरहेको कन्या छात्रावास, प्रसुति गृह र अन्य कार्यहरुको प्रभावकारी अनुगमन गरी दोषिलाई नियमानुसारको कार्बाहीमा ल्याई यथाशिघ्र सम्बन्धित निकायलाई हस्तान्तरण हुनुपर्ने माँगहरु अघि सारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
सो ज्ञापन पत्र बुझाउने संघ संस्थाहरुमा जिल्ला मतदाता अधिकार मंचका अध्यक्ष पार्थो सरकार, विपी विचार समाजका सचिव सब्बिर आजम गुलाब, तपेश्वरी समाज कल्याण संघका अध्यक्ष प्रदीप कुमार जोशी, चेतना समाजका राधा बल्लभ लाल कर्ण, सोसियल सोसाईटी डेभलोपमेन्ट अध्यक्ष इन्द्र नारायण देव, नेपाल मुस्लिम समाज संघका अध्यक्ष मो.युसुफ, हुर्क नेपालका सिता प्रसाद यादव, नागरिक समाजका शम्भुलाल देव, एकल महिला समुहकी अध्यक्ष अनिता देवकोटा, दिगो ग्रामिण विकास नेपालका अध्यक्ष शिबचरण मण्डल, शिक्षा युनेस्को केन्द्रका सचिव अनिल कुमार राय, संस्कृतिक युनेस्को केन्द्रका उपाध्यक्ष दिपक कुमार सेन, लोकतान्त्रिक अपाङ्ग कल्याण संघका अध्यक्ष बलदेव मण्डल, सेभ द लाईफका संयोजक आनन्द कुमार झा र जिल्ला पारालिगलका अध्यक्ष ज्ञानु भट्राई सहितकाहरुद्वारा संयुक्त रुपमा प्रधानमन्त्री समक्ष सो ज्ञापन पत्र बुझाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ