News Category 2073/09/09
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा सुरु
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
पटक पटक स्थगित हुदै आएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता शुक्रबारदेखी पूर्वाञ्चलमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन विराटनगरस्थित शहिद रंगशालामा भएको छ भने समापन धरानस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा हुनेछ ।
सातौ राष्ट्रिय प्रतियोगिताको अधिकांश खेल सुनसरी र मोरङ्गमा हुनेछन् । सुनसरीमा १५, मोरङ्गमा १३, झापामा ५, सिराहामा १, सप्तरीमा १ र ईलाममा १ खेल हुनेछन् ।
सप्तरीबाट उक्त प्रतियोगिताका लागि ३३ जना खेलाडीहरुले प्रतिष्पर्धा गर्दैछन् ।
यता सप्तरीबाट शुक्रबार बिहान जुडो खेलका लागि ६ जना पुरुष र २ जना महिला खेलाडी गरि ८ जना खेलाडीहरु झापा प्रस्थान गरेका छन् ।
जसमा ४५ किलो तौल समूहमा अमित कुमार राम, ५० किलो तौल समूकमा आनन्द कुमार यादव,५७ किलो तौल समूहमा बन्दना चौधरी, ७३ किलो तौल समूहमा नवनित झा, ७८ किलो तौल समूहमा बबिता चौधरी, ९० किलो तौल समूहमा सन्तोष कुमार चमन, १ सय बढी तौल समूहमा बच्चुलाल चौधरी र कातामा श्रीकान्त चौधरीले प्रतिष्पर्धा गर्दैछन् ।
९ सय ५२ पदकका लागि सुरु भएको उक्त प्रतियोगिता ३ हजार ९ सय ७२ खेलाडीहरुबीच प्रतिष्पर्धा भइरहेको छ । जसमा २ सय ६८ स्वर्ण पदक, सोही संख्यामा रजत र ४ सय ४७ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भइरहेको छ ।
प्रतियोगिताका लागि २ हजार ९ सय १४ खेलाडीले छनोट चरण पार गरेर आएका छन् भने १ हजार ५८ खेलाडी भने खुला रूपमा छानिएका छन् । प्रतियोगितामा खेलाडी, निर्णायक, प्रशिक्षक, व्यस्थापक र संघ प्रतिनिधि गरी ५ हजार ८ सय ४९ जनाले प्रत्यक्ष रूपमा भाग लिइरहेका छन् ।
प्रतियोगिताका लागि २९ करोड बजेट मध्ये सरकारले २० करोड बजेट भाषणमार्फत दिने घोषणा गरेको थियो भने केही दिनअघि मात्र थप ८ करोड रकम निकासा गरेको थियो ।
यता सप्तरीको भागमा परेको भारत्तोलन खेल भने पुस १० गतेदेखी राजविराजस्थित जिल्ला खेलकुद विकास समितिको कवर्ड हलमा संचालन हुनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ