News Category 2073/09/09
एमाले उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको समाजवादी फोरमका वरिष्ठ नेता राईको आरोप
दैनिक समाचारदाता
राजविराज, ८ पुस ।
संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईले एमालेले संसद अवरुद्ध गरेर मधेशी, आदिवासी, थारु, मुस्लिम लगायतका उत्पीडित समुदायको अधिकार बिरुद्ध लागेको आरोप लगाउँनुभएको छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित कठौना बजारमा शुक्रबार आदिवासी जनजाती, मधेशी बुद्धिजीविहरुसँगको एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सो आरोप लगाउनु भएको हो ।
उहाँले एमालेको राष्ट्रघाती दोहोरो चरित्रले मुलुक गम्भिर संटतर्फ जाने निश्चित भएको बताउँदै राईले एमालेले आफूले गरेको निर्णय समेत उल्टाउँदै राष्ट्रघाती चरित्र प्रदर्शन गरेको बताउनुभयो ।
उहाँले एमालेको राष्ट्राती कदम बिरुद्ध सम्पूर्ण परिवर्तनकारी शक्तिहरु एकजुट भएर आन्दोलन गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले संविधान संसोधनको बिषयलाई लिएर एमालेले अनावश्यक बितण्डा मच्चाएको उल्लेख गर्दै फोरम नेपालको संसदिय दलका नेता समेत रहेको राईले यस्तो शैलीले कसैको भलो नगर्ने बताउनुभयो ।
संविधानमा मधेशी आदिवासी लगायत अधिकारबाट बञ्चित अन्दोलनरत समुदायको अधिकार सुनिश्ति हुने गरी संबिधान संशोधन प्रस्ताब आउनु पर्ने उहाँको भनाई थियो ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीका अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा सांसद लक्ष्मी चौधरी, केन्द्रीय सदस्य एवं सप्तरी जिल्ला सह–ईन्चार्ज विनोद चौधरी, केन्द्रीय सदस्यहरु उमेश यादव, चित्त नारायण यादव, अशोक यादव, सुर्यनाथ यादव, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सल्लाहकार बौली चौधरी, थाकसका सप्तरीका अध्यक्ष अरुण कुमार चौधरी, किराँत राई यायोक्खा सप्तरीका अध्यक्ष मित्र बहादुर राई सहितका आदिवासी जनजाती, मधेशी, मुस्लिम, थारु बुद्धीजिविहरुको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ