News Category 2073/09/11
राष्ट्रिय भारत्तोलन प्रतियोगिता सुरु पूर्वाञ्चल र सेनालाई स्वर्ण
दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राजविराजमा आइतबारदेखी राष्ट्रिय पुरुष तथा महिला भारत्तोलन प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको पहिलो दिन महिला र पुरुष दुवैतर्फ सम्पन्न एक एक खेलमा पूर्वाञ्चल र नेपाली सेनाले एक एक स्वर्ण पदक हासिल गरेको छ ।
५७ किलो तौल समूहमा पूर्वाञ्चलका मनोज यादवले १ सय ७५ किलो तौल उचालेर स्वर्ण पदक हासिल गरेका छन् । उनी सप्तरीबाट पूर्वाञ्चलका लागिका लागि प्रतिनिधित्व गर्दैछन् । यस्तै सोही तौल समुहमा नेपाली सेनाका तुलानाथ महतोले १ सय ६६ केजी तौल उचालेर रजत तथा सुदुर पश्चिमाञ्चलका रवीलाल चौधरीले १ सय ६२ केजी उचालेर कास्य पदक हात पारेका छन् ।
यस्तै महिलातर्फ ४८ केजी तौल समुहमा नेपाली सेनाकी मनिषा रानाभाटले १ सय ५ केजी तौल उठाएर स्वर्ण पदक हात पारेकी छिन भने पूर्वाञ्चलकी मनिषा चौधरीले ७७ केजी तौल उठाएर रजत तथा सुदुर पश्चिमाञ्चलकी कंचन चौधरीले ७१ केजी तौल उठाएर कास्य पदक प्राप्त गरिन् ।
यसअघि युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले सो प्रतियोतिताको उद्घाटन गर्नुभयो । सो अवसरमा उनले खेलकुदले हिमाल, पहाड र तराईलाई एउटै मालामा गाँस्ने काम गरेको चर्चा गर्दै खेलकुदको विकासका लागि खेलकुद विश्वविद्यालयको स्थापनाका साथै खेलाडिको जीवन विमा, आजिवन भत्ता, परिचय पत्रको ब्यवस्था गर्ने तयारी तिव्र वनाईएको जानकारी दिनुभयो ।
सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष सुरेन्द्र बहादुर हमाल, भारत्तोलन संघका महासचिव पार्थसारथी सेनगुप्ता, पूर्व सिंचाई मन्त्री उमेश यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
चार दिनसम्म चल्ने प्रतियोगितामा पाँच विकास क्षेत्र र नेपाल प्रहरी, त्रिभुवन आर्मी तथा एपिएफ क्लव गरी आठ टिम सहभागी छन् । प्रतियोगितामा १५ स्वर्ण पदकका लागि १ सय २३ खेलाडीले प्रतिस्पर्धा गरिरहेको भारत्तोलन संघका केन्द्रिय सदस्य दिनेश भुजेलले जानकारी दिनुभयो ।
प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ ८ गरी १५ तौल समुहमा प्रतिस्पर्धा हुने भारत्तोलन संघ सप्तरीका अध्यक्ष महेश यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ