News Category 2073/09/12
सेनाको दुई र प्रहरीको एक किर्तिमान स्वर्ण, मध्य पश्चिमाञ्चलको एक स्वर्ण
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
सातौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राजविराजमा सञ्चालन भइरहेको भारोत्तोलन प्रतियोगितामा सोमबार सेनाले दुई र नेपाल प्रहरीले एक किर्तिमान स्वर्ण पदक हात पारेका छन् । यस्तै मध्य पश्चिमाञ्चलले समेत एक स्वर्ण हात पार्न सफल भएको छ ।
महिलातर्पm दुई खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् । नेपाल प्रहरीकी देवी चौधरीले ५३ केजी तौल समूहमा र नेपाली सेनाकी कमला श्रेष्ठले ५८ केजी तौल समूहमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् ।
चौधरीले आफ्नै नामको कीर्तिमान भंग गर्ने व्रmममा स्नायचमा ६० र क्लीन एण्ड जर्कमा ७८ गरी कुल १ सय ३८ कीर्तिमानी तौल उचालेर स्वर्ण पदक हात पारेकी छिन् ।
यसअघि उनकै नाममा स्नायचतर्पm ५८ र क्लीन एण्ड जर्कमा ७७ गरी १ सय ३५ केजी तौल उचालेको कीर्तिमान थियो । सो तौल समूहमा नेपाल प्रहरीकै संगीता राई १ सय ४ केजी उचालेर रजत तथा पश्चिमाञ्चलकी टीकामाया गुरुङले ९२ केजी तौल उचालेर कास्य पदक प्राप्त गरेकी छिन् ।
यस्तै ५८ केजी तौल समूहमा नेपाली सेनाकी कमला श्रेष्ठले स्नायचतर्पm ६६ र क्लीन एण्ड जर्कतर्पm ७९ गरी कुल १ सय ४५ केजी भार उचालेर नयाँ कीर्तिमान कायम गर्दै स्वर्ण पदक प्राप्त गरेकी छिन् । यसअघि सो तौल समूहमा १ सय ४० केजीको कीर्तिमान कायम रहेको थियो ।
यता पुरुषतर्पmको ६९ केजी तौल समूहमा मध्य पश्चिमाञ्चलका प्रकाश केसी २ सय ८१ केजी उचालेर स्वर्ण, नेपाली सेनाका भुज बहादुर सारुले १ सय ९७ केजी उचालेर रजत तथा नेपाल प्रहरीका ओम प्रकाश वैश्यले १ सय ८७ केजी उचालेर कास्य पदक प्राप्त गरेका छन् ।
पुरुषतर्पmकै ७७ केजी तौल समूहमा नेपाली सेनाका सुरेन्द्र श्रेष्ठ, २ सय ५ केजी उचालेर स्वर्ण, नेपाली सेनाकै राजु चौधरीले १ सय ९५ केजी उचालेर रजत तथा मध्यमाञ्चलका सरोज यादवले १ सय ६२ केजी तौल उचालेर कास्य पदक हात पारेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ