News Category 2073/09/15
एमाले नेता नेपालबाट गरिने स्वास्थ्य शिविर उद्घाटन कार्यक्रमको बजार समिति र मधेशी मोर्चाबाट प्रतिकार गर्ने निर्णय
दैनिक समाचारदाता
राजविराज, १४ पुस ।
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबाट शुक्रबार सप्तरीको खरचुहिया बजारमा स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रमको बजार समिति खरचुहियाले प्रतिकार गर्ने निर्णय गरेको छ ।
बजार समितिका अध्यक्ष रामचन्द्र चौधरीले बिहीबार विज्ञप्ति जारि गर्दै उक्त निर्णय गरिएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य शिविरप्रति खरचुहियावासीले स्वागत गर्छ तर, स्वागतको स्वास्थ्य जस्तो संवेदनशिल विषयको आडमा विगत झैं नेकपा एमाले जस्तो भ्रष्ट दल मेधशी जनतालाई भ्रममा पारी आफ्नो कालो चरित्रलाई चोख्याई सेतो पार्ने षडयन्त्रको कडा आपत्ति छ ।”
साथै विज्ञप्तिमा कार्यक्रमको उद्घाटन स्थानिय बृद्ध नागरिकबाट गरिएमा कुनै आपत्ति नरहने जनाउँदै एमालेका केन्द्रिय नेताबाट उद्घाटन वा सहभागि गराइए कडा प्रतिबार गर्ने र सोबाट हुने सम्पूर्ण परिणामको जिम्मेवारी आयोजक संस्थाको हुने उल्लेख छ ।
यस्तै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले समेत सो विज्ञप्तिप्रति ऐक्यबद्धता जनाउँदै एमाले वरिष्ठ नेता नेपालबाट स्वास्थ्य शिविरको उद्घाटन गरिनु मधेश बिरोधी षडयन्त्र भएकोे ठहर गरेको छ ।
यसैगरि मधेशी मोर्चाले एमाले वरिष्ठ नेता नेपालबाट स्वास्थ्य शिविरको उद्घाटन गर्ने कार्यक्रमको बिरोध गर्दै पूर्व पश्चिम राजमार्ग अन्तरगत जिल्लाको खरचुहिया चौकमा बिहीबार दिउँसो पौने तीन बजेदेखी ४५ मिनेटसम्म चक्काजाम गरेको थियो ।
यसैबीच नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेले लोकतन्त्रमा कार्यक्रम गर्ने अधिकार सबैलाई रहेको भन्दै लोकतन्त्रकोलागि नेपाली जनता वर्षौदेखि लड्दै आएको अवस्थामा आफुहरुले यतिबेला कार्यक्रम गर्न नपाउने कसैको भनाई छ भने त्यो सरासर गलत भएको टिप्पणी गर्नुभएको छ ।
अध्यक्ष न्यौपानेले बिहीवार साँझ संचारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, “कार्यक्रम सबैले गर्न पाउनुपर्छ, निषेधको राजनीति कसैले गर्नुहुँदैन र स्वस्थ्य विरोध गर्ने अधिकार पनि सबैलाई छ, कसैको कार्यक्रम बिथोल्नु भएन, मेरो भन्ने यति मात्रै हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ