News Category 2073/09/20
ढोलबाजा बजाएर “एमाले विदाई समारोह” गरिदै ः अध्यक्ष महतो
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमाले मुक्त मधेश अभियानका लागि मधेशका जनता ढोलबाजा बजाएर एमाले विदाई समारोह गर्न लागेको दाबी गर्नुभएको छ ।
प्रेस मञ्च सप्तरीले मंगलबार बिहान राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा सो दाबी गर्दै उहाँले गाउँ गाउँमा अहिले मधेश र मधेशी बिरोधी एमाले पार्टीलाई विदाई गर्न सबै लागिपरेको बताउनुभयो ।
अध्यक्ष महतोले एमाले संसदीय प्रक्रिया अवरुद्ध गर्ने र गैरसंसदीय चरित्र बोकेको पार्टी भएको आरोप समेत लगाउनुभयो ।
संसदमा संविधान संशोधनका लागि एमाले नै वाधक रहेको प्रस्ट पार्दै अध्यक्ष महतोले चुनावको बेला एमालेले संविधानमा मधेशी जनताको हक अधिकार सुनिश्ति गर्ने भनेर भोट लिएर अहिले उनीहको माग प्रति उदासिन रहेको आरोप लगाउनु भयो ।
कांग्रेस, एमाले र माओवादी केन्द्रमा लागेका मधेसीहरु गुलाम भएको आरोप लगाउँदै सद्भावना अध्यक्ष महतोले ती पार्टीमा रहेका मधेसी मधेसका सबभन्दा ठूलो दूश्मन भएको आरोप लगाउनुभयो । उहाँले संविधान बनाउने बेलामा तीन दलले सहकार्य गरेर संविधान निर्माण गरिसकेपछि संशोधन गर्ने बेलामा एमाले किन पछि हटेको भन्ने प्रश्न समेत गर्नुभयो ।
संयुक्त लोकतान्त्रि मधेशी मोर्चाका नेता समेत रहेका महतोले नेपालीलाई समान अधिकार र अवसरका लागि संविधान संशोधन एक मात्र विकल्प रहेको बताउँदै उहाँले संशोधन नभएसम्म यसको कार्यान्वयन हुन नसक्ने दावी गर्नुभयो । अध्यक्ष राजेन्द्र महतोले कसैले आफ्नो पार्टीबाट मधेसी शब्द हटाउँदैमा मधेसीको हक अधिकारको आन्दोलन नरोकिने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ