News Category 2073/09/20
रायपुरलाई शम्भुनाथ नगरपालिकामा समायोजन गर्न प्रमलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
सप्तरीको रायपुर गाविसलाई शम्भुनाथ नगरपालिकामा समायोजन गरि नगरपालिका बनाउने निर्णयको त्यहाका स्थानियवासीले स्वागत गरेका छन् ।
सो कार्यको स्वागत गर्दै उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनमा केही सीमित राजनैतिककर्मीले आफ्नो निहित स्वार्थ र आफ्नो चुनावी क्षेत्र गुम्ने डरले सो विरुद्ध लागिपरेको जनाइएको छ ।
स्थानिय राजु जयसवाल, सत्यनारायण यादव, देवेन्द्र यादव, राधाकृष्ण यादवद्वारा हस्ताक्षरित ज्ञापनमा राजनैतिककर्मीको उक्त घृणित कार्यको बिरोध गर्दै घोर आपत्ति जनाइएको छ ।
ज्ञापनमा रायपुर गाविसलाई शम्भुनाथ नगरपालिकामा समायोजन गरिएमा पूर्वाधार निर्माण र अन्य विभिन्न सेवामूलक कामकाज गर्न आमजनतालाई सहज हुने जनाउँदै भौगोलिक रुपले पनि एक अर्काको परिपूरकको रुपमा खडा भई राष्ट्र निर्माणमा सो गाविसका जनता हातेमालो गरि अगाडी बढ्ने जिकिर गरिएको छ ।
जिल्ला विकास समितिको कार्यालय, गाउँ विकास समितिको कार्यालय तथा सप्तरी क्षेत्र नं. ५ का सांसद समेतलाई बोदार्थ गरि बुझाइएको ज्ञापनमा रायपुर गाविसलाई नगरपालिका नबनाई अर्को कुनै संरचनामा ढालिए मान्य नहुने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ