News Category 2073/09/20
रायपुरलाई शम्भुनाथ नगरपालिकामा समायोजन गर्न प्रमलाई ज्ञापन
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
सप्तरीको रायपुर गाविसलाई शम्भुनाथ नगरपालिकामा समायोजन गरि नगरपालिका बनाउने निर्णयको त्यहाका स्थानियवासीले स्वागत गरेका छन् ।
सो कार्यको स्वागत गर्दै उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनमा केही सीमित राजनैतिककर्मीले आफ्नो निहित स्वार्थ र आफ्नो चुनावी क्षेत्र गुम्ने डरले सो विरुद्ध लागिपरेको जनाइएको छ ।
स्थानिय राजु जयसवाल, सत्यनारायण यादव, देवेन्द्र यादव, राधाकृष्ण यादवद्वारा हस्ताक्षरित ज्ञापनमा राजनैतिककर्मीको उक्त घृणित कार्यको बिरोध गर्दै घोर आपत्ति जनाइएको छ ।
ज्ञापनमा रायपुर गाविसलाई शम्भुनाथ नगरपालिकामा समायोजन गरिएमा पूर्वाधार निर्माण र अन्य विभिन्न सेवामूलक कामकाज गर्न आमजनतालाई सहज हुने जनाउँदै भौगोलिक रुपले पनि एक अर्काको परिपूरकको रुपमा खडा भई राष्ट्र निर्माणमा सो गाविसका जनता हातेमालो गरि अगाडी बढ्ने जिकिर गरिएको छ ।
जिल्ला विकास समितिको कार्यालय, गाउँ विकास समितिको कार्यालय तथा सप्तरी क्षेत्र नं. ५ का सांसद समेतलाई बोदार्थ गरि बुझाइएको ज्ञापनमा रायपुर गाविसलाई नगरपालिका नबनाई अर्को कुनै संरचनामा ढालिए मान्य नहुने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ