News Category 2073/09/20
कार्यकारी अधिकृत विरुद्घ प्रदर्शन
दैनिक समाचारदाता
राजविराज, १९ पुस ।
सप्तरीको हनुमाननगर योगिनियामाई नगरपालिका कार्यकारी अधिकृतले अनियमितता गरेको भन्दै मंगलबार सदरमुकाम राजविराजमा प्रदर्शन गरिएको छ ।
नगरपालिकाका कार्यकारी अधिृकत भागवत मेहताले विभिन्न शिर्षकको बजेटमा व्यापक आर्थिक अनियमितता गरेको भन्दै हनुमाननगर योगिनियामाई नगरपालिकाका बासिन्दाले प्रदर्शनसहित छानविनको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
गठित संघर्ष समितिका संयोजक शेलेश कुमार साह तथा स्थानिय नेता नवल किशोर साहको अगुवाईमा गरिएको उक्त प्रदर्शनमा नगरपालिकाका तीन हजार बढी महिला र पुरुषको सहभागिता रहेको थियो ।
प्रदर्शन पश्चात् प्रजिअ बलदेव गौतमलाई बुझाइएको ज्ञापन पत्रमा नगरपालिकाका कार्यकारी अधिकृत भागवत मेहताले गत आर्थिक वर्ष ०७२÷०७३ को बजेटमा विभिन्न शिर्षकमा कामै नगरी विल भरपाई तयार गरी लाखौं रकम अनियमितता गरेकोले छानविन हुनुपर्ने मांग गरिएको छ ।
प्रधानमन्त्रीको कार्यालय, शहरी विकास मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धा आयोग र राष्ट्रिय सतर्कता केन्द्रलाई समेत बोदार्थ दिइएको ज्ञापन पत्र मार्फत नगरपालिकामा भएको भ्रष्टाचारको छानविन नगरिए बाध्य भई चरणबद्घ आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र बुझदै प्रजिअ गौतमले त्यसबारे आवश्यक छानविन गर्ने प्रतिवद्घता जनाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ