News Category 2073/09/21
दुई गाविसका दुई सय बढीलाई कम्बल वितरण
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
शितलहरबाट जोगिन कोरियामा रहेका नेपालीद्वारा सप्तरीका दुई गाविसका विपन्न तथा गरिबहरुलाई बुधबार कम्बल वितरण गरिएको छ ।
नेपाल पिछडा वर्ग महासंघको समन्वयमा जिल्लाको अर्नाहा र वनौला गाविसका २ सय २५ विपन्न तथा गरिवलाई कम्बल वितरण गरिएको हो ।
अर्नाहा गाविस कुशहास्थित राजोवति माध्यमिक विद्यालयमा आयोजित कम्बल वितरण समारोहमा अनार्हा गाविस वार्ड नं. ७ का बलराम साद, मगेलाल सदा, फगुनी देवी सदा, सैनी सदा, सतो देवी सदा, उमा देवी सदा, मुर्ति देवी पंडित, छेदी चौधरी, वार्ड नं. ८ का शिव नारायण सरदार, वार्ड नं. ९ का मो. लोकमान सहित ४५ जनालाई कम्बल वितरण गरिएको छ ।
पिछडा वर्ग महासंघका केन्द्रिय प्रवक्ता उपेन्द्र साह, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निवर्तमान अध्यक्ष धीरेन्द्रप्रसाद साह, कोरियामा बसोबास गर्दै आउनु भएका सप्तरीको रुपनगर निवासी रिनोज श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लक्ष्मी साह, रुपकान्त चौधरी, सदस्य तेजनारायण साह, मदर्साका मो. रहमान, पत्थरगाडाका प्रहरी नायव निरीक्षक दिलिप दास लगायतले कम्बल वितरण गर्नुभयो ।
यस्तै बनौली गाविसस्थित हिरा फेकनी माविमा आयोजित वितरण समारोहमा महासंघका प्रवक्ता साह सहित रिनोज श्रेष्ठ, गाविसका निवर्तमान अध्यक्ष कुँजी लाल चौधरी, विद्यालयका प्र्रधानाध्यापक सुरेश प्रसाद यादव, नेपाल सदभावना पार्टीका गाउँ कमिटि अध्यक्ष लखेन्द्र पैकरा, जिल्ला सदस्य मो. अफताउल्लाह, प्रहरी नायव निरीक्षक दिपेन्द्र बहादुर बस्नेत लगायतले पलट माझी, लखीचन यादव, बाबुजी राम, हरेराम राम, गुणानन्द झा, अनमोल मिश्र, हिरालाल माझी, बबिता देवी मण्डल लगायत दुई सय २५ जनालाई कम्बल वितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ