News Category 2073/09/21
दुई गाविसका दुई सय बढीलाई कम्बल वितरण
दैनिक समाचारदाता
राजविराज, २० पुस ।
शितलहरबाट जोगिन कोरियामा रहेका नेपालीद्वारा सप्तरीका दुई गाविसका विपन्न तथा गरिबहरुलाई बुधबार कम्बल वितरण गरिएको छ ।
नेपाल पिछडा वर्ग महासंघको समन्वयमा जिल्लाको अर्नाहा र वनौला गाविसका २ सय २५ विपन्न तथा गरिवलाई कम्बल वितरण गरिएको हो ।
अर्नाहा गाविस कुशहास्थित राजोवति माध्यमिक विद्यालयमा आयोजित कम्बल वितरण समारोहमा अनार्हा गाविस वार्ड नं. ७ का बलराम साद, मगेलाल सदा, फगुनी देवी सदा, सैनी सदा, सतो देवी सदा, उमा देवी सदा, मुर्ति देवी पंडित, छेदी चौधरी, वार्ड नं. ८ का शिव नारायण सरदार, वार्ड नं. ९ का मो. लोकमान सहित ४५ जनालाई कम्बल वितरण गरिएको छ ।
पिछडा वर्ग महासंघका केन्द्रिय प्रवक्ता उपेन्द्र साह, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका निवर्तमान अध्यक्ष धीरेन्द्रप्रसाद साह, कोरियामा बसोबास गर्दै आउनु भएका सप्तरीको रुपनगर निवासी रिनोज श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लक्ष्मी साह, रुपकान्त चौधरी, सदस्य तेजनारायण साह, मदर्साका मो. रहमान, पत्थरगाडाका प्रहरी नायव निरीक्षक दिलिप दास लगायतले कम्बल वितरण गर्नुभयो ।
यस्तै बनौली गाविसस्थित हिरा फेकनी माविमा आयोजित वितरण समारोहमा महासंघका प्रवक्ता साह सहित रिनोज श्रेष्ठ, गाविसका निवर्तमान अध्यक्ष कुँजी लाल चौधरी, विद्यालयका प्र्रधानाध्यापक सुरेश प्रसाद यादव, नेपाल सदभावना पार्टीका गाउँ कमिटि अध्यक्ष लखेन्द्र पैकरा, जिल्ला सदस्य मो. अफताउल्लाह, प्रहरी नायव निरीक्षक दिपेन्द्र बहादुर बस्नेत लगायतले पलट माझी, लखीचन यादव, बाबुजी राम, हरेराम राम, गुणानन्द झा, अनमोल मिश्र, हिरालाल माझी, बबिता देवी मण्डल लगायत दुई सय २५ जनालाई कम्बल वितरण गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/28 लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
- 2082/07/28 जनताको सम्पत्ति तथा अदालत जलाउनेलाई कानुनी दायरामा ल्याउनुपर्छ ः प्रधानन्यायाधीश
- 2082/07/28 करदाता सेवा कार्यालय नसार्न भन्दै संकलन गरिएको हस्ताक्षर बुझाइयो
- 2082/07/28 कार्यवाहक वडाअध्यक्षको गैरकानुनी सिफारिसका कारण आफूहरु अन्यायमा ः दास दाजुभाई
- 2082/07/27 नेपाल–भारत सीमाका ४ सय ७९ सीमास्तम्भ गायव, कतिपय जिर्ण अवस्थामा
- 2082/07/27 सप्तरीका उद्योगि व्यापारीहरु कालोपट्टी बाधेर कारोबार गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्ने
- 2082/07/27 मोरङले महिला क्रिकेटको उपाधी हात पा¥यो
- 2082/07/25 चिकित्सकमाथी हातपात गर्नेलाई कारवाही र क्षतिपुर्तीको व्यवस्था मिलाउने प्रतिवद्धतापछी अस्पतालका सबै सेवा सूचारु
- 2082/07/24 गजेन्द्रनारायण सिंह अस्पतालमा नवजात शिशु घाइते प्रकरण, चिकित्सकमाथी हातपात र तोडफोड भएपछी अस्पतालका सेवा ठप्प
- 2082/07/24 नयाँ मुख्यमन्त्री नियुक्तिको विरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ