News Category 2073/09/22
नेपालमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य ः अध्यक्ष महतो
दैनिक समाचारदाता
राजविराज, २१ पुस ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजावादी)का राष्ट्रिय अध्यक्ष किशोरी महतोले वर्तमान अवस्थामा नेपालमा राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनु भएको छ ।
विहिबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी अध्यक्ष महतोले मुलुकलाई बलियो र एकतावद्ध बनाउन राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनु भएको हो ।
देश विखण्डन र राजनीतिको दलदलमा फस्न लागेको भन्दै उहाँले सो विरुद्ध अभियान फैलाउन जिल्ला भ्रमणमा निस्केका जानकारी दिनुभयो । जिल्ला जिल्लामा जनजागरण अभियान चलाउने उद्देश्उले केन्द्रीय पदाधिकारी सहित भ्रमणमा निस्केको बताउँदै उहाँले पहिलो चरणमा बीरगंज, विराटनगर, जनकपुर, झापा, वनेपा र राजविराज लगायतका स्थानमा कार्यक्रम गर्ने योजना रहेको जानकारी दिनुभयो ।
सो पत्रकार सम्मेलनमा अध्यक्ष महतोले पौष २२ गतेदेखि सूरु हुने अभियान अन्तर्गत पहिलो दिन राजविराजमा ¥याली तथा सभाको आयोजना गरीने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
उहाँले मुलुकलाई बलियो र एकतावद्ध बनाउन एकिकरण मार्फत योगदान पु¥याउने पृथ्वी नारायण शाहको योगदानको कदर गर्दे २ सय ९५ औं जन्मजयन्तीको अवसरमा पुस २७ गते सरकारले राष्ट्रिय विदाको घोषणा गर्नुपर्ने पत्रकार सम्मेलन मार्फत माग समेत गर्नुभयो ।
सरकारले विदा दिए÷नदिएपनि राजसंस्था, राष्ट्रिय एकता र हिन्दु राष्ट्र प्रति आस्था राख्ने ठूलो जन समुदायले यस पल्ट पृथ्वी जयन्ती धुमधामका साथ मनाउने उहाँको दावी छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ