News Category 2073/09/23
राजसंस्थाको पुर्नःस्थापना गरि हिन्दु राष्ट्र कायम गर्न माग
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
राष्ट्रिय जनता पार्टी नेपाल राजावादीका राष्ट्रिय अध्यक्ष किशोरी महतोले नेपालमा राजसंस्थाको पुर्नःस्थापना गरि हिन्दु राष्ट्र कायम गर्न माग गर्नुभएको छ ।
श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण साहको २९५ औं जन्म जयन्तीको अवसरमा शुक्रबार राजविराजमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले सो माग गर्नु भएको हो ।
देश विखण्डन र राजनीतिको दलदलमा फस्न लागेको भन्दै उहाँले जब जब मुलुकमा आन्दोलन भयो त्यसबेला मधेशीहरुले बलिदानी दिएको स्मरण गराउनुभयो । उहाँले सो बलिदानीको सट्टा मुलुकले मधेशीलाई के दियो भन्ने राजयक्ष समक्ष प्रश्न समेत ते¥याउनुभयो ।
उहाँले मुलुकलाई बलियो र एकतावद्ध बनाउन राजसंस्था र हिन्दु राष्ट्र अपरिहार्य रहेको बताउनु भएको हो । मुलुकलाई बलियो र एकतावद्ध बनाउन एकिकरण मार्फत योगदान पु¥याउने पृथ्वी नारायण शाहको योगदानको कदर गर्दे पुस २७ गतेको दिनलाई सरकारले राष्ट्रिय विदा घोषणा गर्नुपर्ने माग गर्नुभयो । उहाँले सरकारले विदा दिए÷नदिएपनि राजसंस्था, राष्ट्रिय एकता र हिन्दु राष्ट्र प्रति आस्था राख्ने ठूलो जन समुदायले यस पल्ट पृथ्वी जयन्ती धुमधामका साथ मनाउने दावी गर्नुभयो ।
सोही सभामा पार्टीका केन्द्रिय उपाध्यक्ष रामकुमार खातीले चुनावको समयमा राप्रपा नेपालले राजसंस्था र गाईको नारामा भोट लिएर अहिले सो नारालाई करोडौ रुँपैयामा बिक्रि गरेको आरोप लगाउनुभयो ।
केन्द्रिय समितिका डा. देव नारायण यादवको अध्यक्षतामा सम्पन्न सभामा राष्ट्रिय जनता पार्टी नेपाल राजावादीका केन्द्रिय वरिष्ठ उपाध्यक्ष देव नारायण मेहता, केन्द्रिय प्रवक्ता छटु मण्डल, केन्द्रिय कोषाध्यक्ष कनकलाल साह, बालक दास लगायतले बोल्नु भएको थियो ।
यता सो पार्टीले जिल्लामा जनजागरण अभियान चलाउने उद्देश्उले केन्द्रीय पदाधिकारी सहित भ्रमणमा निस्केको जनाउँदै पहिलो चरणमा बीरगंज, विराटनगर, जनकपुर, झापा, वनेपा र राजविराज लगायतका स्थानमा कार्यक्रम गर्ने योजना रहेको बताएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ