News Category 2073/09/23
आगलागीमा सात लाख बराबरको क्षति, अग्नीपीडितलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, २२ पुस ।
सप्तरीको तिलाठी गाबिस ९ स्थित एक घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब ७ लाखको क्षति भएको छ ।
विद्युत सर्ट भइ अचानक लागेको आगोले स्थानीय मो. अब्दुल मियाको घर, ग्वाली तथा भान्सा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घर भित्र भएको लताकपडा, धान, गहुँ, अन्नपात, सुनचाँदी र अन्य सामान समेत जलेर अन्दाजी मुल्य ७ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी अब्दुलले आफनो छोरालाई पढाउनका लागि घरमा राखिएको १ लाख ६५ हजार नगद समेत जलेर नष्ट भएको पीडितले बताएका छन ।
यता आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, राजविराजबाट गएको बारुण यन्त्र र स्थानीयबासीहरुको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो ।
यसैबिच अग्निपिडित परिवारलाई सदभावना पार्टीका क्षेत्रिय सभापति लक्ष्मण यादवद्वारा शुक्रबारै राहत प्रदान गरेको छ ।
अग्निपीडित परिवारलाई २ थान कम्बल, २ थान त्रिपाल, र एक बोरा मुरिहीसहितका समानहरु प्रदान गरेको हो । सो कार्यक्रममा प्रहरी चौकी तिलाठीका असई रामकुमार यादव, स्थानीय समाजसेवी मन्सुर मुखिया, पार्टीका क्षेत्रिय इन्चार्ज शिबनाथ यादव, सन्जय यादव, बिजय यादव, सुशील यादव, बालेशवर यादव, फारुक खान, सफिद मिया, दिनेश यादव, मोहम्मद जलिल, मो. धलाइ, मो. नसेबुल, धिरेन्द्र यादव, मो. दाबुद, रघुनाथ यादव, रामकुमार यादव, आमरेन्द्र दास, अन्जनिलाल दास, सुर्यनारायण यादव लगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ