News Category 2073/09/25
जिल्लामा १ सय १० नीजि विद्यालय मात्र दर्ता
दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
सप्तरीका शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लामा दर्ता भएका १ सय १० वटा मात्र नीजि विद्यालयहरु दर्ता भएको जानकारी दिनुभएको छ ।
प्याव्सनको २७औं स्थापना दिवसको अवसरमा सप्तरी प्याव्सनले आईतबार राजविराजस्थित भवनमा आयोजना गरेको कार्यक्रममा बोल्दै अधिकारी पाण्डेले बिना दर्ताका संचालनमा रहेका नीजि विद्यालयहरु बन्द गरिने बताउनुभयो ।
उहाँले नीजि विद्यालय दर्ता गराउन बिभिन्न किसिमको प्रकृया पूरा गर्नुपर्ने बताउँदै कक्षा १ को अनुमति लिन गुठीमै दर्ता गराउनुपर्ने जानकारी दिनुभयो । उहाँले पुस मसान्त भित्र गुठीको रुपमा क्षेत्रिय शिक्षा निर्देशनलायमा गएर दर्ता गराएर कक्षा १ को अनुमित पाउन सकिने बताउँदै कक्षा ६ र ९ को अनुमित कम्पनी अनुसार मात्रै दिन मिल्ने जनाउनुभयो ।
यसअघि जिशिअ पाण्डे सप्तरीमा रहँदा २०६८ सालमा दर्ता भएका र बिना दर्ताका नीजि विद्यालयहरुबारे व्याप्क प्रचार प्रसार गर्दै अभिभावकहरुलाई बिना दर्ताका विद्यालयमा भर्ना नगराउन आग्रह गरेको स्मरण गराउनुभयो ।
यस्तै कार्यक्तममा शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डलले पनि दर्ता नरहेका नीजि विद्यालयहरु बन्द गराउनुपर्नेमा जोड् दिनुभयो । त्यसैगरि कार्यक्रममा एन प्याव्सनका जिल्ला अध्यक्ष बौकु साहले नीजि विद्यालयहरु चन्दाको मार खेप्नुपरेको गुनासो व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथी रहेका लुम्बिनी विश्व विद्यालयका पूर्व रजिष्ट्रार प्रा. पिताम्बर लाल यादवले सप्तरीमा शिक्षाको स्तर खस्किसकिएको बताउँदै यसलाई सुधार्न सबै मिलेर सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो ।
प्याव्सन सप्तरीका अध्यक्ष पंचदेव यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पुस्तक व्यवसायी संघका अध्यक्ष शिबनारायण साह, नेपाल पत्रकार महासंघ सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देव, प्याव्सनका पूर्व अध्यक्ष कुमार पाठकसहितकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । सोही कार्यक्रममा गत बर्षको एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रिमियर इंगलिस बोर्डिङ्ग स्कुलका छात्र अभिषेक श्रीवास्तवलाई नगद रु २५ सयसहित पुरस्कृत गरियो भने प्याव्सन अन्तर्गत रहेका सबै विद्यालयका दुई जना उत्कृष्ट शिक्षकलाई पनि सम्मानित गरियो । कार्यक्रममा प्याव्सन अध्यक्ष यादवले प्रमुख अतिथी प्रा. यादव र शिक्षा अधिकारी पाण्डेलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ