News Category 2073/09/26
मधेसको माग छिट्टै पूरा हुन्छ ः अध्यक्ष ठाकुर
दैनिक समाचारदाता
महोत्तरी, २५ पुस ।
तराई मधेस लोकतान्त्रिक पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेसको माग छिट्टै पूरा हुने बताउनुभएको छ ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा सोमबार तमलोपाको नयाँ पार्टी कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले अब मधेसको माग पूरा हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नुभएको छ ।
सोही अवसरमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले एमालेसहितका दलले संसद् अवरोध अथवा अन्य कुनै कार्यक्रम गरेर पनि अब मधेसलाई अधिकार प्राप्तिबाट रोक्न नसक्ने दोहो¥याउनुभयो ।
उहाँले वर्तमान संविधान अपूरो र अधुरो रहेको तथा कसैले पनि संविधानको गलत व्याख्या गरेर कसैको अधिकार प्राप्तिमा रोक लगाउन नसक्ने भएकाले मधेसले पाउनुपर्ने सबै अधिकार दिलाएरै विराम लिने बताउनुभयो ।
उहाँले वर्तमान सरकारलाई संविधान संशोधनको विकल्प नरहेको र सबै नेपालीलाई समान हक अधिकार दिन संविधान संशोधन नगरी नहुने भएकाले सरकारले छिट्टै संविधान संशोधन गर्नेमा सबैलाई विश्वस्त रहन आग्रह गर्नुभयो ।
अध्यक्ष ठाकुरले संविधान संशोधन बिना देशले निकास नपाउने र केही दलले चाहँदैमा सरकारले संविधान संशोधनको प्रक्रिया नरोक्ने तथा छिट्टै सम्पूर्ण नेपालीको माग पूरा हुने गरी संविधान संशोधन हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ