News Category 2073/09/27
गाविस सचिवका केन्द्रीय सल्लाहकारको घरमै चर्पी छैन्
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
गाबिस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय सल्लाहकार एवं सप्तरीको बनैनियाँ गाबिसका सचिव राम कुमार यादवको घरमा अझै चर्पी छैन ।
सप्तरीको सिम्रहा सिग्यौंन निवासी गाबिस सचिव तथा गाबिस सचिव हकहित संरक्षण केन्द्र नेपालका केन्द्रिय सल्लाहकार यादवको घरमा अझै चर्पी नरहेको तथ्य सो गाबिसमा जिएसएफ र युएनह्याविटाटको सहयोग तथा सबल नेपाल राजविराजद्वारा संचालित खुल्ला दिसा मुक्त अभियान कार्यक्रम अन्तर्गत फेला परेको हो ।
सिम्रहा सिग्यौंन पुख्र्यौली घर भएका सचिव यादवलाई केही वर्ष अगाडी प्रधानमन्त्री डा.बाबुराम भटराईले राष्ट्रसेवक कर्मचारी ईमान्दारीता पुरस्कारबाट ५० हजार नगद सहित सम्मान समेत हुनुभएको थियो । तर, राष्ट्रसेवक कर्मचारीको अहिलेसम्म आप्mनै घरमा चर्पी छैन भने स्थानीयहरुले कसरी चर्पी बनाउन तर्फ अग्रसर हुन्छन् त !
सचिव यादवको पुख्र्यौली गाउँ सिम्रहा सिंग्यौन सहित उहाँ कार्यरत गाबिसहरु जमुनी मधेपुरा र बनैनियाँमा समेत एक घर एक चर्पी निर्माण कार्यक्रम अन्र्तगत खुल्ला दिसा मुक्त अभियान कार्यक्रम संचालनमा रहेपनि सचिव यादवको घरमा अझै चर्पी बनेको छैन ।
यादवलाई केही वर्ष अगाडी सुनौलो हजार दिनका कार्यक्रमबाट चर्पी निर्माणको लागि रिंग लिएपनि सो रिंग अझै उहाँको घरमा त्यत्तिकै अलपत्र अवस्थामा रहेको छ । सचिव जस्तो गरिमामय पदमा बस्नुहुने ब्यक्तिको घरमा अहलिेसम्म चर्पी नहुनुले कसरी आप्mनो गाबिस तथा सप्तरी जिल्ला खुल्ला दिसा मुक्त जिल्ला घोषणा हुने त ?
हुन त सचिव यादव विगत लामो समयदेखि सदरमुकाम राजविराजमै बस्दै आउनुभएको छ, तर पनि सचिव यादव ५ दाजुभाई रहेपनि ती मध्ये ३ जना बाहिर बसेपनि सचिव राम कुमार यादव र भाई राम अवतार यादव एउटै आगनमा बस्दै आएपनि सो घरमा अझै चर्पी छैन । चर्पी नहुँदा सचिवसहित उहाँका घर परिवारका ब्यक्तिहरु समेत बाहिर खुल्ला ठाउँमा दिसा पिसाव गर्दै आएका छन । सचिवका अर्का एक जना भाईको घरमा मात्र अहिलेसम्म चर्पी रहेको छ भने बाँकी २ जना भाई राजविराजमै बस्दै आएपनि अन्य भाईको घरमा समेत अझै चर्पी रहेको छैन ।
सचिव यादव जस्तै जिल्लाका अझै कत्तिपय गाबिस सचिव तथा अन्य सरकारी कर्मचारीहरुको घरमा समेत चर्पी नरहेको अवस्थामा कसरी निर्धारित समयमा सप्तरी जिल्ला खुल्ला दिसा मुक्त जिल्ला घोषणा हुने हो त भन्ने प्रश्न जिल्ला स्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति सप्तरीसँग उठिरहेको छ ।
सन् २०१७ सम्ममा नेपाललाई खुल्ला दिसा मुक्त देश घोषणा गर्ने लक्ष्य नेपाल सरकारले लिएपनि यहाँका अधिकांश सरकारी कर्मचारीहरुकै घरमा अझै चर्पी नहुँदा उक्त लक्ष्यलाई पुरा गर्न अफ्ठ्यारो भइरहेको छ । स्मरण रहोस सप्तरीको ९१ गाबिस मध्ये ३४ गाबिस खुल्ला दिसा मुक्त गाबिस घोषणा भईसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ