News Category 2073/09/27
लोकेन्द्र स्मृती पत्रकारिता पुरस्कार सिंह र साहलाई वातावरणीय पत्रकारिता पुरस्कार शर्मालाई प्रदान
दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
नेपाल पत्रकार महासंघ सप्तरीद्वारा हरेक वर्ष प्रदान गर्दै आइरहेको स्व. लोकेन्द्र स्मृती पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार शैलेन्द्र सिंहलाई प्रदान गरिएको छ ।
२२ औं लोकेन्द्र स्मृत दिवसको अवसरमा मंगलबार नेपाल पत्रकार महासंघ सप्तरी शाखाले आयोजना गरेको पुरस्कार बितरण समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । यस्तै गत वर्ष विशेष कारणवश प्रदान गर्न नसकिएको उक्त पुरस्कार मंगलबारै महिला संचारकर्मी ललिता साहलाई समेत प्रदान गरेको छ ।
दुबै जनालाई उक्त पुरस्कार सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले प्रदान गर्नुभयो । पुरस्कारको राशी २ हजार १ सय रहेको छ ।
पुरस्कार बितरण समारोहमा प्रमुख अतिथि प्रजिअ गौतमले संचारकर्मीहरुले स्वच्छ, निष्पक्ष र निडर पत्रकारिता गर्न स्व. लोकेन्द्र बुढाथोकीबाट प्रेरणा लिनु पर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले सप्तरीको पत्रकारिता सकारात्मक रहेको भन्दै यसलाई अझ दृढ विचारका साथ अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतमा आयोजित समारोहमा पत्रकार महासंघका पूर्व अध्यक्षहरु शिवहरि प्रसाद भट्टराई, विष्णु कुमार मण्डल, मूरली प्रसाद यादव, बैजनाथ झा, व्यासशंकर उपाध्याय, वरिष्ठ पत्रकार अनिल कुमार अनल, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अवधेश झा, प्रेस सेन्टरका केन्द्रिय सदस्य राजु विश्वकर्मा, महासंघका पार्षद श्यामसुन्दर यादव, सल्लाहकार जितेन्द्र खड्गा लगायतले स्व. लोकेन्द्रले पत्रकारिता जगतमा खेलेको उल्लेख्नीय भूमिका एवं उहाँको व्यक्तित्व बारे चर्चा गर्नुभएको थियो ।
सो कार्यक्रममा सप्तरीका प्रहरी उपरिक्षक दिवेश लोहनी, श्रीकृष्ण दल गणका गणपति डम्बर बोहरा समेतको उपस्थिति रहेको थियो ।
यसैबीच पुरस्कार प्राप्त गर्नु भएका पत्रकार सिंहले २ हजार पाँच सय रुँपैया स्व. लोकेन्द्र स्मृती पत्रकारिता पुरस्कार कोषमा सहयोग रुवरुप महासंघका कार्यवाहक अध्यक्ष श्रवण कुमार देवलाई हस्तान्तरण गर्नुभयो । यस्तै वरिष्ठ पत्रकार एवं पुरस्कार कोषका संस्थापक सदस्य अनिल कुमार अनल र पूर्व अध्यक्ष मूरली प्रसाद यादवले समेत कोषको रकम बढाउन आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा स्व. उमा सिंहको स्मृती दिवसको अवसरमा राजविराजबाट प्रकाशित हुँदै आइरहेको आजको वातावरण दैनिका पत्रिका प्रकाशक सम्पादक बैजनाथ झाद्वारा प्रदान गरिने वातावरणीय पत्रकारिता पुरस्कार पत्रकार दिनेश शर्मालाई प्रदान गरिएको छ । यसको राशी रु. १ हजार १ सय रहेको छ ।
राजविराजबाट प्रकाशित नवीन साप्ताहिकको सहसम्पादकको रुपमा कार्यरत स्व. लोकेन्द्र बुढाथोकीको बि.स. २०५१ सालमा राजविराजस्थित डेरामा शंकास्पद अवस्थामा मृत्यु भएको थियो । उहाँ सल्यान जिल्लामा जन्मिए पनि राजविराजस्थित बालकल्याण गृहमा हुर्कनु भएको थियो । उहाँले सप्तरी जिल्लालाई कर्मथलो बनाएर शाहसिक रुपमा पत्रकारिता गर्दैहुनुहुन्थ्यो । हालसम्म उहाँको मृत्यु बारेको अनुसन्धान गर्भमै रहेको छ ।
सप्तरी जिल्लामा पत्रकारिता क्षेत्रमा साहसिक रुपमा कलम चलाउँदै आएका पत्रकारहरुबीच प्रतिष्पर्धा गराएर एक जनालाई पुरस्कार बितरण समितिको सिफारिसको आधार उक्त पुरस्कार वितरण गर्ने गरिएको महासंघ सप्तरीका कार्यवाहक अध्यक्ष देवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ