News Category 2073/09/28
देशैभरिको रथयात्रा पुरा
दैनिक समाचारदाता
राजविराज, २७ पुस ।
राष्ट्रिय शान्ति मानव कल्याण मेची–महाकाली रथयात्रा देशैभरिको यात्रा पुरा गरेको छ ।
नेपालमै पहिलो पटक हुन लागेको लक्षचण्डी रुद्र महायज्ञको क्रममा निकालिएको यात्रा नेपालको विभिन्न ७३ जिल्लाको भ्रमण पुरा गरेको हो ।
सप्तरीको छिन्नमस्ता सखडेश्वरी शक्ति–पीठ सखडाबाट गत असार ३० गते सो रथयात्रा निकालिएको थियो । मनाङ्ग र अन्य एक जिल्लामा रथ जान नसक्ने अवस्था रहेकोले बुधवार राती ९ बजे वीरगञ्ज नाका हुँदै औपचारिक रुपमा भारतको दरभङ्गा प्रस्थान गर्न लागेको छ ।
विभिन्न जिल्लाको भ्रमण पश्चात बुधवार नवलपरासीको त्रिवेणी सागरमा स्नान तथा पूजाआजा गरिएको शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिनुभयो ।
भारतको बिहार राज्य अन्तरगत दरभङ्गास्थित श्यामा देवी माई मन्दिरमा करिब एक साता विश्राम गरी आवश्यक तयारी गरी विधिवत पूजाआजा पश्चात विहारको विभिन्न जिल्लाकालागि प्रस्थान गरिने तथा बिहार राज्यको ३८ वटै जिल्लाको भ्रमण गरेर रथ एक साताअघि यज्ञस्थलमा फर्कने कार्यक्रम रहेको पीठाधीश ठाकुरले जानकारी दिनुभयो ।
प्रसिद्ध शक्तिपीठ छिन्नमस्तामा २०७३ चैत १६ गतेदेखि नेपालमै पहिलो पटक लक्षचण्डी रुद्र महायज्ञ आयोजना हुन लागेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ