News Category 2073/09/29
भुक्तानीमा कमिशनको कुरा नमिलेपछि प्रमुख र अधिकृतबीच कुटपिटको प्रयास
दैनिक समाचारदाता
राजविराज, २८ पुस ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा बिहीबार कार्यालय प्रमुख र अधिकृतबीच कुटपिटको प्रयास भएको छ । रकम भुक्तानीमा कमिशनको कुरा नमिलेपछि उक्त अवस्था सृजना भएको जनस्वास्थ्य श्रोतले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका प्रमुख हरिश्चन्द्र साह र तथ्यांक अधिकृत छेदी यादवबीच कार्यालय परिसरमै आवश्यक रकम भुक्तानीमा कमिशनको कुरा नमिलेपछि कुटपिटको प्रयास भएको श्रोतको दाबी छ ।
पुस्तक छपाईसहितका कार्यक्रमहरुको बील भरपाई अधिकृत यादवले कार्यालय प्रमुख साह समक्ष पेश गरेको दुई साता बढी हुँदा पनि निकासा नहुँदा यादवले साहलाई गालीग्लौज गर्दै कुटपिटको प्रयास गरेका हुन् ।
अधिकृत यादवले आफुले सम्पन्न गरेको कार्यक्रमहरुको रकम निकासाका लागि पटक पटक प्रमुख समक्ष आग्रह गरेको बताउनुभयो भने प्रमुख साहले आफुमाथि यादवले सोही विषयलाई लिएर झण्डै कुट्ने प्रयास गरेको दाबी गर्नुभयो ।
कार्यालय प्रमुख साह र अधिकृत यादवबीच बिहीबार भएको असहज स्थितीले दिनभरि कार्यालयको कामकाज प्रभावित भएको थियो ।
यसैबीच घटनाबारे बुझ्न दुवै पक्षलाई बोलाएर छलफल गर्ने प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ