News Category 2073/10/06
रुपान्तरण नेपालद्वारा दृष्टिविहीन परिवारलाई सहयोग प्रदान
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
सप्तरीको गम्हरीया प्रवाहा गाबिस वडा न. ४ पट्टी टोलका शम्भु मण्डलको ६ जना परिवार दृष्टिबिहीन रहेको संचारमाध्यमबाट सार्वजनिक भएपछि काठमाडौंको एक संस्थाले उनीहरुलाई सहयोग प्रदान गरेको छ ।
रुपान्तरण नेपाल काठमाडौंका पाष्टर दामियल बिसुंखे सहित नवजिवन एजि चर्च लहानका गंगाराम चौधरीसहितले मण्डल परिवारलाई उनीको चाँदर तीन थान, ज्याकेट १२ थान र ट्राउजर दुई थान सहयोग स्वरुप प्रदान गरेको गाविसका सामाजिक परिचालक शिवशंकर मेहताले जानकारी दिुनभयो ।
यसअघि सप्तरी युथ नेपालले समेतले ६ जना दृष्टिबिहीनलाई दुई थानका दरले कम्बल र नगद रु पाँच हजार उपलब्ध गराइएको थियो ।
परिवारका ठूला सदस्य दाई ५० वर्षिय शम्भु मण्डल, भाई ४५ वर्षिय शिव नारायण मण्डल, उनकी श्रीमती ४० वर्षिया गिता देवी मण्डल र उनका ८ वर्षिय छोरा भुपेन्द्र मण्डल, शम्भुकी बहिनी ४२ वर्षिय जयकला देवी मण्डल र उनका श्रीमान्सहित ६ जना नेत्रहीन छन् । त्यस मध्ये शिवनारायणका छोरा भुपेन्द्रलाई अहिले केही दिनदेखी साँझपख देख्न छोडेको छ भने बहीनी जयकला नेत्रहीन सँगै शरिरीक अपाङ्गता समेत छिन् ।
यसअघि १६ जनाको एउटै परिवारका दुई दाजु भाई, श्रीमति, छोरा, उनका बहिनी ज्वाईसहित ६ जना अपाङ्ग रहेको समाचार विभिन्न संचार माध्यममा प्रकाशन प्रसारित भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ