News Category 2073/10/06
सप्तरीका सबै दलद्वारा स्थानिय तहको सीमा निर्धारणप्रति बिरोध
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
सप्तरीका सम्पूर्ण राजनीतिक दलहरुको बुधबार सम्पन्न सर्वदलिय बैठकले स्थानीय निकाय पुर्नसंरचना आयोगले सप्तरीमा गरेको स्थानियह तहको सीमा निर्धारणप्रति आपत्ति व्यक्त गर्दै बिरोध जनाएका छन् । दलहरुले आयोगले पुर्नसंरचना गरी सरकारलाई बुझाएको प्रतिवेदन अवैज्ञानिक, असान्दर्भिक एवं भौगोलिक व्यवस्थापन नभएको भन्दै भत्सर्ना समेत गरेको छ ।
देशको राजनैतिक परिस्थिति तथा मधेश आन्दोलनका कारण छलफल नभई स्थानीय निकाय पुर्नसंरचना आयोगले पुर्नसंरचना गरी सरकारलाई बुझाएको प्रतिवेदन अवैज्ञानिक, असान्दर्भिक एवं भौगोलिक व्यवस्थापन समेत नभएकोले बुधबार राजविराजमा सम्पन्न सर्वदलिय बैठकले सो निर्णय गर्दै भत्र्सना गरेको हो ।
नेपाली काग्रेसका सभापति दिनेश कुमार यादव, एमलोका अध्यक्ष गोबिन्द न्यौपाने, नेकपा माओावदी केन्द्रका अध्यक्ष असर्फी सदा, राप्रपा नेपालका अध्यक्ष आकाश यादव, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य बिन्देश्वर प्रसाद साह, तमलोपाका अध्यक्ष रामपृत यादव, सदभावना पार्टीका अध्यक्ष सुनिल कुमार झा, तमसपाका अध्यक्ष जिवछ यादव, रामसपाका अध्यक्ष सतिश कुमार सिंह, फोरम गणतान्त्रिकका अध्यक्ष हरेराम यादव, नेपाल सदभवाना पार्टीका अमरनाथ मण्डल, नेमकिपाका अध्यक्ष दिगम्बर यादव, नेपाल परिवार दलका अध्यक्ष बब्लु खाँ, नयाँ शक्ति पार्टीका संयोजक छेदी रजकले जारि गरेको संयुक्त विज्ञप्ती मार्फत सो कार्यको भत्सर्ना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ