News Category 2073/10/06
चित्रगुप्त सेवा समितिका पदाधिकारीको पदस्थापना
दैनिक समाचारदाता
राजविराज, ५ माघ ।
चित्रगुप्त सेवा समिति राजविराजको नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुले बुधबार सपथ ग्रहण गरेका छन् ।
राजविराजस्थित चित्रगुप्त सेवा समितिमा आयोजित सपथग्रहण कार्यक्रममा निर्वाचित पदाधिकारीहरुले सपथ ग्रहण पदस्थापना गरेका हुन ।
राजविराज ९ स्थित भगवान श्री चित्रगुप्त मन्दिर प्राङ्गणमा समितिका अध्यक्ष अशोककुमार कर्णको अध्यक्षतामा भएको समारोहमा समितिका प्रमुख चुनाव आयुक्त नरसिंहलाल कर्णले पुनः अध्यक्ष भएका अशोककुमार कर्णलाई र नव निर्वाचित अध्यक्ष अशोककुमार कर्णले अन्य पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराउँदै पदस्थापन गराउनु भएको थियो ।
सरकारी सेवाबाट अवकाश प्राप्त चिकित्सक डा. तिर्थनारायण लाल कर्णको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा अध्यक्ष अशोककुमार कर्णले प्रतिबद्धता व्यक्त गर्दै राजविराजमा समितिको ५० बर्ष पुग्ने अवसरमा आउँदो बर्षमा नेपाल मात्र नभई भारत समेतका चित्रांशलाइ सहभागी गराएर भव्य रुपले कार्यक्रम गरिने जानकारी दिनुभयो ।
सोही समारोहमा बैष्णवी काली समितिका अध्यक्ष मनोजकुमार मुन्धडा, यूराशिया रेयूकाइका हरिप्रसाद कर्ण, चित्रगुप्तका पूर्वअध्यक्ष रामकृष्ण दास, पूर्व उपाध्यक्ष कालीचरण चौधरी, पूर्व महासचिव सन्तोष कुमार चौधरी तथा पूर्व कोषाध्यक्ष डा. सुशिल मोहन दासले शुभकामना व्यक्त गर्दै सामाजिक समरसत्ताका लागि सबै जात–जातिको सभ्यताको संरक्षण गर्नु पर्ने र यसका लागि जातिय संस्थाहरुले एक्यबद्ध भई काम गर्नु पर्ने बताउनुभयो ।
समितिको सम्पन्न निर्वाचनबाट अशोक कर्णको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मतले चयन भएको छ । अध्यक्ष कर्णको यो दोश्रो कार्यकाल हो ।
समितिको उपाध्यक्षमा हरिमोहन लाल कर्ण, महासचिवमा सतिश कुमार दत्त, सचिवमा रन्धीर कुमार कर्ण र कोषाध्यक्षमा शिव कुमार निधी चयन हुनुभएको छ ।
त्यसैगरि सदस्यहरुमा विमल कुमार कर्ण, टुनालाल कर्ण, सरेन्द्र कुमार कर्ण, तेजनारायण लाल दास, निलम कर्ण र ललिता कर्ण सहित ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ