News Category 2073/10/08
नीजि क्षेत्रको शिक्षाप्रति राज्य गम्भिर छैन् ः एनप्यावसन अध्यक्ष शाही
दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
नेशनल प्याव्सनका केन्द्रिय अध्यक्ष कर्णबहादुर शाहीले नीजि क्षेत्रको शिक्षाप्रति राज्य गम्भिर नभएको आरोप लगाउनु भएको छ ।
नेशनल प्याव्सन सप्तरीको पाँचौ जिल्ला अधिवेसनको शुक्रबार उद्घाटन गर्दै अध्यक्ष शाहीले नीजि क्षेत्रले नेपालको शिक्षा क्षेत्रमा उल्लेख्यीय योगदान पु¥याए पनि राज्य गम्भीर नरहेको आरोप लगाउनु भएको हो ।
उहाँले सरकारी शिक्षा भन्दा नीजि शिक्षाले मुलुकको शिक्षा क्षेत्रमा शैक्षिक क्रान्ति ल्याए पनि नीजि क्षेत्रलाई राज्यले बिभिन्न कानुनी प्रावधानमा बाँध्न खोजेको आरोप समेत लगाउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथी सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले नीजि क्षेत्रले शिक्षामा पु¥याइरहेको योगदानको चर्चा गर्दै निजि क्षेत्रलाई अझै गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव समेत दिनुभयो ।
यस्तै उद्घाटन सत्रमा जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जिल्लामा रहेका बिना दर्ताका नीजि विद्यालय संचालन नगर्न आग्रह गर्नुभयो । उहाँले सो आग्रह गर्दा गर्दै संचालनमा रहेका त्यस्ता विद्यालयले बालबालिकाको भविष्य अन्यौलमा पार्न खोजेको जिकिर गर्नुभयो ।
नेशनल प्याव्सन सप्तरीका अध्यक्ष बौकु साहले प्रमुख जिल्ला अधिकारी बलदेव गौतमलाई दोसल्ला ओढाएर तथा शिक्षा अधिकारी पाण्डेलाई दोसल्ला ओढाएर कदर पत्रसहित सम्मान गर्नुभयो ।
त्यस्तै शिक्षक महासंघका अध्यक्ष फुलेश्वर मण्डल, जिल्ला प्रहरी सप्तरीका प्रमुख एसपी दिवेश लोहनी, नेपाल पत्रकार महासंघ सप्तरीका कावा अध्यक्ष श्रवणकुमार देवसहितकालाई मायाको चिनो प्रदान गरिएको थियो ।
नेशनल प्याव्सन सप्तरीका अध्यक्ष बौकु साहको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन सत्रमा एनप्यावसनका केन्द्रिय उपाध्यक्षत्रेय सूर्य बहादुर अधिकारी, पाण्डव हमाल ठकुरी, प्रकाश बहादुर पाण्डे, केन्द्रिय कोषाध्यक्ष शिवशंकर महतो, सहकोषाध्यक्ष प्रताप बहादुर थापा, केन्द्रिय सचिव चन्द्रिका गुप्ता, केन्द्रिय सदस्यहरु सुवास न्यौपाने, नन्दन यादव, शम्भु अधिकारी, इन्द्रदेव साह, पप्पुकुमार गुप्ता, धनकुट्टा अध्यक्ष प्रकाश निरौला, सुनसरी अध्यक्ष गणेश राई, मोरङ अध्यक्ष राजन खारगं, सिरहा अध्यक्ष प्रदिप कुमार तिवारी, उदयपुर अध्यक्ष कुमार अधिकारी, सिरहा सचिव चक्र दाहाल, कोषाध्यक्ष सुदिप चौधरी, नेपाल प्याव्सनका दिनेश यादव, उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष अरुण प्रधान, लायन्स क्लबका जिल्ला अध्यक्ष शंकर सारदा, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला अध्यक्ष शिवनारायण साहलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो भने नेशनल प्याव्सन सप्तरीका सचिव नरेश प्रताप साहले कार्यक्रम संचालन गर्नु भएको थियो ।
उद्घाटन सत्रको कार्यक्रम पश्चात् शुक्रबार नै हुने बन्द सत्रबाट अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ