News Category 2073/10/09
विद्युत हुुकिङ गर्ने सात सय जनामाथि कारबाही ४६ लाख १६ हजार ६ सय राजस्व संकलन
राजविराज÷नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले चालु आर्थिक बर्ष २०७३÷०७४ को ६ महिनाको अवधीमा बिद्युत चोरी हुुकिङ गर्ने ६ सय ९८ जनामाथि कारबाही गरेको जनाएको छ ।
चुुहावट नियन्त्रण गर्ने अभियान अन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुतको पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्नेमाथि कारबाही गरिएको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले बताउनुभयो ।
प्रमुख साहका अनुसार आर्थिक बर्ष २०७३÷०७४ को साउनदेखि पुस मसान्तसम्म विद्युत चोरी गर्ने ६ सय ९८ जनामाथि कार्वाही गरिएको छ । जसमध्ये ३ सय ८३ जना व्यक्ति र २ सय ३४ वटा समानलाई समेत कार्वाही गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै मिटरबाट सिधै बिद्युत चुहावट गर्ने ८१ जनालाई समेत कार्वाही गरिएको छ । यता बिद्युत चुहावटको कार्वाहीबाट ४६ लाख १६ हजार ६ सय राजस्व संकलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ ।
यसैबिच बिद्युतको महसुल तिर्न बाँकी बक्यौता भएकाको लाईन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको ब्यापक बिद्युत चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखिएको प्रमुख साहले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ