News Category 2073/10/11
मधेशका मसिहा स्व. सिंहको स्मृति सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १० माघ ।
प्रजातन्त्र आन्दोलनका योद्धा एवं मधेस आन्दोलनका प्रणेता स्वर्गीय गजेन्द्रनारायण सिंहको सोमबार सप्तरीमा १५ औं स्मृति दिवस मनाईएको छ ।
सद्भावना पार्टीका नेता तथा सर्वसाधारणहरुले राजविराजस्थित गजेन्द्र चौकमा रहेको स्व. सिंहको शालिक तथा सिंहको अन्त्येष्टी स्थल सप्तरी सेवा आश्रम पुगेर मालार्पण गरेका छन् ।
२००४ सालदेखि नेपाली काँग्रेसबाट राजनीति सुरु गर्नुभएका मधेशका मसिहा स्व. सिंह प्रतिनिधीसभाका सदस्य रहनुभएको बेला प्रजातन्त्र स्थापनाकालागि वकालत गर्नुकोसाथै मुलुकमा मधेशीका लागि राजनीतिक अधिकार, सामाजिक न्याय तथा मधेशका भविष्य द्रष्टाको रुपमा पहिलो ब्यक्तिको रुपमा चिनिन्थ्यो ।
सिंहले स्थापना गरेको नेपाल सद्भावना पार्टी पछिल्लो समयमा आधा दर्जन पार्टीमा विभाजित भईसकेको छ । नेपालको सत्याग्रह आन्दोलनमासमेत ठूलो योगदान दिनुभएको सिंहको १५ वर्ष अघि आजैको दिन निधन भएको थियो ।
यसैगरि सद्भावना पार्टी जिल्ला कार्य समिति सप्तरीले स्व. सिंहको १५ औं स्मृति दिवसको अवसरमा सभा समेत गरेको छ ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा ९३ वर्षीय स्व. सिंहका राजनीतिक सहयात्री गुणानन्द चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न सभामा सद्भावना पार्टीका पूर्व केन्द्रिय सचिव सीताराम मण्डल, वरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार महासंघका पूर्वअध्यक्ष मूरली प्रसाद यादव, वर्तमान कार्यबाहक अध्यक्ष श्रवण कुमार देव, केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, पुनम देवी यादव, महिला मञ्चकी उपाध्यक्ष मञ्जुलता यादव, विद्यार्थी मञ्चका केन्द्रिय अध्यक्ष किशोर कुमार यादव, नेताहरु भागवत मण्डल, रामचन्द्र साह, सन्तोष चौधरी, अजय कुमार झा, संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका संयोजक अमरनाथ मण्डल, राजविराज नगर उपाध्यक्ष प्रमोद यादव, क्षेत्रिय अध्यक्ष लक्ष्मण यादव लगायतले स्व. सिंहको व्यक्तित्व बारे चर्चा गर्नुभएको थियो ।
यसैगरि अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी जिल्ला कार्य समितिले समेतले सोमबार गजेन्द्र चौकमा रहेको स्व. सिंहको शालिकमा मालार्पण गरेको छ ।
उहाँको आफ्नो राजविराज ४ स्थित घर सप्तरी सेवा आश्रममा रहेको बगैचामा अन्त्येष्टि गरिएको थियो । सो अन्त्येष्टि स्थल हाल समाधी स्थलको रुपमा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ