News Category 2073/10/12
राजविराज विमानस्थल अब पूर्णरुपले सूचारु हुने तरखरमा
दैनिक समाचारदाता
राजविराज, ११ माघ ।
विगतमा बन्द, अनि सूचारु फेरी बन्द हुँदै गरेको राजविराज विमानस्थल अब पूर्ण रुपले सूचारु हुने तरखरमा रहेको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरण मार्फत रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनले २०७३ असोज १६ गते विमान स्थलको धावनमार्ग (रनवे) निर्माण गर्न पाएको ठेक्का बमोजिम कात्तिक २५ गतेदेखी विमानस्थलको धावनमार्गको काम हाल दु्रत गतिमा बढाएको छ ।
उक्त कन्स्ट्रक्सनले सो विमानस्थलको एक हजार ५ सय मिटर लम्बाई र ३० मिटर चौडाई धावनमार्ग (कालोपत्रे) का लागि ३० करोड ३० लाख ७४ हजार ५ सय २८ रुँपैया ३४ पैसामा सम्झौता गरेको छ ।
नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारी एवं राजविराज विमानस्थल निर्माण कार्यका प्रोजेक्ट म्यानेजर राम एकवाल महतोले २०७४ साल मंसिर मसान्तसम्ममा रनवेको सम्पूर्ण कार्य पुरा गरिसक्ने जानकारी दिनुभयो ।
यता रमण कान्छाराम देव एण्ड शेयर जेभी कन्स्ट्रक्सनका इन्जिनियर मनिगोबिन्द श्रेष्ठले बुधबारदेखी दैनिक रुपमा २० देखी २५ टिपरका दरले करिब दुई महिनासम्म रनवेको तल्लो संरचनाका लागि मिसगिट्टि ल्याउन लागेको बताउनुभयो ।
यस्तै जिल्ला विकास समिति सप्तरीको कार्यालय मार्फत २ करोडको लागतमा काँडे तारबाट विमानस्थल क्षेत्रको घेरवारको कार्य समेत अन्तिम चरण पुगेको छ ।
राजविराज नगरपालिकाबाट ४ किलो मिटर दक्षिणमा पर्ने इटहरी विष्णुपुर गाविसमा अवस्थित ५५ विघहा क्षेत्र ओगटेको राजविराज विमानस्थल धावन मार्ग कै अभावमा वर्षा याममा पटक पटक बन्द हृुँदै आएपछि उडान सेवा ठप्प रहेको छ ।
वि.स. २०१६ सालमा तत्कालिन मन्त्रि गणेशमान सिंहद्वारा उद्घाटन गरिएको यस विमानस्थलबाट २०५२ साल बैशाखबाट विमान उडान सेवा रद्द गरिएको थियो । विमानस्थल कालो पत्रे नहुनाले विगत २१ वर्षमा पटक पटक विमान सेवा संचालन र रद्द हुँदै आएको छ ।
अन्तिम पटक यस विमानस्थलबाट पहिलो संविधासभाको निर्वाचन पश्चात् परिक्षण कालका लागि तारा एयरले केही दिन विमान संचालन गरेको थियो भने यात्रुको अभाव देखाउँदै सो एयरले विमान सेवा पुनः बन्द गरेको थियो ।
विगतमा विमानस्थलबाट नेपाल वायूसेवा निगम हप्ताको २ पटक आईतबार र शुक्रबार काठमाडांै र एक पटक आईतबार लामीडाँढा उडान गर्दै आएको थियो । उडान सेवा बन्द भएपछि सगरमाथा अंचलका जनताहरु विमान चढ्न बिराटनगर र जनकपुर जाने गरेका छन् । हाल विमानस्थलको रेखदेख गर्न दुई चौकिदार रहेका छन् ।
यसअघि तत्कालिन नागरिक पर्यटन तथा उड्यन मन्त्रि कुबेर शर्मा हुँदा धावन मार्गमा वर्षा समयमा पानि जम्ने कारण देखाउदै विमानस्थल बन्द गरिएपछि मन्त्रि शर्माले राजविराज विमानस्थलको धावन मार्ग कालोपत्रे गर्न र भौतिक पूर्वाधारमा सुधारका लागि आश्वासन दिएपनि यसलाई कार्यान्वयन गराउन नसकेको स्थानीय बासिन्दाहरु बताउँछन् ।
विमान उडान संचालन भएपछि अंचलको चौतर्फि विकासमा टेवा पुग्नुका साथै अंचल भरिकै जनताले विमान चढ्न अवसर पाउन सक्ने नागरिक संजालका सुखराम यादव बताउँछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ