News Category 2073/10/23
मधेशलाई कसैले पनि टुक्राउन सक्दैन ः गच्छदार
राजविराज÷मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले मुलुकबाट मधेशलाई कसैले पनि टुक्राउन नसक्ने दाबी गर्नुभएको छ ।
फोरम लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले राजविराजमा शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गच्छदारले सो दाबी गर्नुभएको हो । उहाँले मधेशलाई टुक्राउन कसैले नसोचे हुन्छ भन्दै त्यस्तो कदम चाल्ने व्यक्तिलाई राज्यले दण्डित गर्नुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका गच्छदारले पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा झापा, मोरङ र सुनसरीलाई दुई नं. प्रदेशमा मिलाउन पर्ने बताउँदै मधेशमा तीन प्रदेश हुनु पर्ने दोह्¥याउनुभयो ।
उहाँले झापा, मोरङ र सुनसरीलाई दुई नं. प्रदेशमा समावेश नगरिए ती तीन जिल्लासहित सप्तरी, सिरहा र उदयपुर समेतलाई समावेश गरि प्रदेश बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले धनुषादेखी पर्सा र चितवनदेखी कञ्चनपुरसम्म दोश्रो र तेश्रो प्रदेश गरि मधेशमा तीन प्रदेश र पहाडमा ५ प्रदेश बनाउनु पर्ने जिकिर गर्नुभयो ।
पत्रकार सम्मेलनमा पूर्वमन्त्री गच्छदारले संविधानमा देखिएका समस्याहरुलाई संशोधन गर्ने एमाले अध्यक्ष ओलीसहितका नेताहरुले प्रतिबद्वता जनाएपछि आफ्नो दल त्यत्तिबेला सरकारमा गएको बताउनुभयो । एमालेसँग आफ्नो दलले संविबधान संशोधन गराउनेसहितका आठ बुँदे सम्झौता गरी सरकारमा गएको उल्लेख गर्दै गच्छदारले एमाले आफ्नो प्रतिबद्वता पूरा नगरेको गुनासो समेत गर्नुभयो । गच्छदारले काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रलाई उत्कृष्ट संविधान बनाएको छु भन्नेहरु किन संविधानलाई जोगाउन नसकेको प्रश्न गर्नुभयो ।
उहाँले आफू मेधशी र थारु बिरोधी नभएको स्पष्ट पार्दै पार्टी सरकारमा रहेको बेला मधेशी र थारुहरुको हितमा कामहरु समेत गरेको दाबी गर्नुहुँदै लगातार ४६ बर्षदेखि राष्ट्रिय राजनीतिमा आफू रहेको चर्चा समेत गर्नुभयो ।
उहाँले आफ्नो पार्टी र व्यक्तिगत रुपमा समेत मधेशवादी दलहरुसँग कुनै मनमुटाव नरहेको स्पष्ट गर्दै ती दलहका अध्यक्षहरुसँग समस्या समाधानका लागि कुराकानी जारि रहेको बताउनुभयो ।
सो पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद जितेन्द्रनारायण देव, सांसद डा. सुबोध पोखरेल, जिल्ला अध्यक्ष शैलेक कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ