News Category 2073/10/23
मधेशलाई कसैले पनि टुक्राउन सक्दैन ः गच्छदार
राजविराज÷मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष बिजय कुमार गच्छदारले मुलुकबाट मधेशलाई कसैले पनि टुक्राउन नसक्ने दाबी गर्नुभएको छ ।
फोरम लोकतान्त्रिक जिल्ला कार्य समिति सप्तरीले राजविराजमा शनिबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष गच्छदारले सो दाबी गर्नुभएको हो । उहाँले मधेशलाई टुक्राउन कसैले नसोचे हुन्छ भन्दै त्यस्तो कदम चाल्ने व्यक्तिलाई राज्यले दण्डित गर्नुपर्ने बताउनुभयो ।
पत्रकार सम्मेलनमा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहनु भएका गच्छदारले पत्रकारहरुले सोधेका प्रश्नको जवाफमा झापा, मोरङ र सुनसरीलाई दुई नं. प्रदेशमा मिलाउन पर्ने बताउँदै मधेशमा तीन प्रदेश हुनु पर्ने दोह्¥याउनुभयो ।
उहाँले झापा, मोरङ र सुनसरीलाई दुई नं. प्रदेशमा समावेश नगरिए ती तीन जिल्लासहित सप्तरी, सिरहा र उदयपुर समेतलाई समावेश गरि प्रदेश बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले धनुषादेखी पर्सा र चितवनदेखी कञ्चनपुरसम्म दोश्रो र तेश्रो प्रदेश गरि मधेशमा तीन प्रदेश र पहाडमा ५ प्रदेश बनाउनु पर्ने जिकिर गर्नुभयो ।
पत्रकार सम्मेलनमा पूर्वमन्त्री गच्छदारले संविधानमा देखिएका समस्याहरुलाई संशोधन गर्ने एमाले अध्यक्ष ओलीसहितका नेताहरुले प्रतिबद्वता जनाएपछि आफ्नो दल त्यत्तिबेला सरकारमा गएको बताउनुभयो । एमालेसँग आफ्नो दलले संविबधान संशोधन गराउनेसहितका आठ बुँदे सम्झौता गरी सरकारमा गएको उल्लेख गर्दै गच्छदारले एमाले आफ्नो प्रतिबद्वता पूरा नगरेको गुनासो समेत गर्नुभयो । गच्छदारले काँग्रेस, एमाले र नेकपा माओवादी केन्द्रलाई उत्कृष्ट संविधान बनाएको छु भन्नेहरु किन संविधानलाई जोगाउन नसकेको प्रश्न गर्नुभयो ।
उहाँले आफू मेधशी र थारु बिरोधी नभएको स्पष्ट पार्दै पार्टी सरकारमा रहेको बेला मधेशी र थारुहरुको हितमा कामहरु समेत गरेको दाबी गर्नुहुँदै लगातार ४६ बर्षदेखि राष्ट्रिय राजनीतिमा आफू रहेको चर्चा समेत गर्नुभयो ।
उहाँले आफ्नो पार्टी र व्यक्तिगत रुपमा समेत मधेशवादी दलहरुसँग कुनै मनमुटाव नरहेको स्पष्ट गर्दै ती दलहका अध्यक्षहरुसँग समस्या समाधानका लागि कुराकानी जारि रहेको बताउनुभयो ।
सो पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ उपाध्यक्ष एवं सांसद जितेन्द्रनारायण देव, सांसद डा. सुबोध पोखरेल, जिल्ला अध्यक्ष शैलेक कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ