News Category 2073/10/23
यस्तो पनि पुजा जहाँ पुजारी नाङ्गो तलबारमा खुट्टा हाल्छन्, उम्लिएको खिरमा हातहाल्छन् अनि आगोमा हिड्छन्
राजविराज÷सप्तरीमा एउटा अनौठो पुजा भएको छ । जसमा पुजारी नाङो तलबारमा उभिनु, उम्लिरहेको खिरमा हात हाल्नु तथा नाङो खुट्टाले आगोमा हिड्ने दृश्यले मन तितोपिरो हुन्छ । हो, यस्तो दृश्य देखिएको छ सप्तरीको नकटी रायपुर गाविस ८ स्थित खाली खेत गरिएको राहु पुजाको अवसरमा । सो ठाउँमा जिल्लाका विभिन्न स्थानबाट राहु पुजामा आस्था राख्ने व्यक्तिहरुको ठूलो घुँइचो थियो ।
राहु पूजाको एक विशेषता छ । जसले पुजा गराए अथवा भाकल गरे पनि पुजारी भने दुसाध (पासवान) जातीकै हुनुपर्छ । जिल्लाको हरीपुर गाविसका शिवकुमार पासवानले विधिवत् रुपमा राहु पुजा गरे ।
पुजाको मुख्य विशेषता पुजारीले उम्लिरहेको खिरको भाडोमा हात हालेर सो खिर निकालेर उपस्थित श्रद्धालुहरुलाई वितरण गर्नु, दुई वटा बाँसमा बाधेको धारतर्फको तलवारमा उभिुन तथा बल्दै गरेको आगोमा हिड्ने र भेडालाई दाँतले चेपेर घुमाउने हो ।
स्थानीय श्रीलाल पासवानले राहु पुजाको चलन दशकौ पुरानो रहेको तथा ंपूजा जुनसुकै जातका व्यक्तिले गर्ने तथा सोमा जोसुकै पनि सहभागी हुन सक्ने जानकारी दिँदै पूजाको साइत हरेक वर्ष श्रीपञ्चमीको आसपासमै हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ