News Category 2073/10/23
यस्तो पनि पुजा जहाँ पुजारी नाङ्गो तलबारमा खुट्टा हाल्छन्, उम्लिएको खिरमा हातहाल्छन् अनि आगोमा हिड्छन्
राजविराज÷सप्तरीमा एउटा अनौठो पुजा भएको छ । जसमा पुजारी नाङो तलबारमा उभिनु, उम्लिरहेको खिरमा हात हाल्नु तथा नाङो खुट्टाले आगोमा हिड्ने दृश्यले मन तितोपिरो हुन्छ । हो, यस्तो दृश्य देखिएको छ सप्तरीको नकटी रायपुर गाविस ८ स्थित खाली खेत गरिएको राहु पुजाको अवसरमा । सो ठाउँमा जिल्लाका विभिन्न स्थानबाट राहु पुजामा आस्था राख्ने व्यक्तिहरुको ठूलो घुँइचो थियो ।
राहु पूजाको एक विशेषता छ । जसले पुजा गराए अथवा भाकल गरे पनि पुजारी भने दुसाध (पासवान) जातीकै हुनुपर्छ । जिल्लाको हरीपुर गाविसका शिवकुमार पासवानले विधिवत् रुपमा राहु पुजा गरे ।
पुजाको मुख्य विशेषता पुजारीले उम्लिरहेको खिरको भाडोमा हात हालेर सो खिर निकालेर उपस्थित श्रद्धालुहरुलाई वितरण गर्नु, दुई वटा बाँसमा बाधेको धारतर्फको तलवारमा उभिुन तथा बल्दै गरेको आगोमा हिड्ने र भेडालाई दाँतले चेपेर घुमाउने हो ।
स्थानीय श्रीलाल पासवानले राहु पुजाको चलन दशकौ पुरानो रहेको तथा ंपूजा जुनसुकै जातका व्यक्तिले गर्ने तथा सोमा जोसुकै पनि सहभागी हुन सक्ने जानकारी दिँदै पूजाको साइत हरेक वर्ष श्रीपञ्चमीको आसपासमै हुने बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ