News Category 2073/11/03
पत्रकार महासंघ सप्तरीको विवाद समाधान नगरि गरिने निर्वाचन ज्ञानेन्द्रको चुनाव जस्तै हुने
दैनिक समाचरदाता
राजविराज, २ फागुन ।
नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य अवधेशकुमार झाले फागुन ७ गतेको लागि नेपाल पत्रकार महासंघको तोकिएको सप्तरी जिल्ला अधिवेशन हुन नसक्ने स्थिती रहेकोले महासंघको अधिवेशन तत्काल स्थगन गर्न महासंघको केन्द्रिय समिती समक्ष आग्रह गर्नुभएको छ ।
केन्द्रिय सदस्य झाद्वारा जारी विज्ञप्तीमा शाखाको आर्थिक विवाद, नेतृत्व बिबाद, अविश्वासको प्रस्तावको विषय, बहुमत सदस्यको निर्णय, पुर्व सभापतिहरुको निश्कर्षलाई ह्दयंगम गर्दे बिबाद अन्त गरि मात्र सप्तरीमा अधिवेसन गर्न आग्रह गरिएको छ ।
सोही विज्ञप्तिमा सप्तरीको सन्दर्भमा देखिएको विवाद चाडो भन्दा चाडो समाधानका दिशामा आवश्यक भुमिका निर्वाह गरिदिनुहुन पत्रकारिता आबद्ध सम्पुर्ण संघ संगठनलाई अनुरोध समेत गरिएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समितीले पुर्वाञ्चलका जिल्लाहरुको अधिवेसन आगामी फागुन ७ गतेका लागि तोकेको सर्व बिदितै रहेको उल्लेख गर्दै पूर्वका सप्तरी जिल्ला सहितका केही जिल्लामा बिबाद रहेका वाहेक अन्य जिल्लामा अधिवेसनको तयारी र नेतृत्वका लागि बहस छलफल सुरु भएको तर बिबादमुक्त जिल्लामा अधिवेशनको तयारी र नेतृत्व चयन प्रक्रियामा लाग्न आग्रह गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पछिल्लो दुई वर्षदेखी रहेको बिबाद अझै समाधान हुन नसकेको तथा महासंघका तात्कालिन अध्यक्ष प्रकाश खतिवडालाई महासंघका दुई तिहाई सदस्यले अबिश्वासको प्रस्ताव सहित पदमुक्त गरेको अबस्था र खतिवडाले आफु नै अध्यक्ष रही रहेको दाबी गरिरहदा बिबाद चरमउत्कर्षमा पुगेको दाबी गरिएको छ ।
बिबाद चुलिएसंगै महासंघको सदस्यहरुको नविकरण र नया सदस्यताको विषय पनि टुंगो लाग्न नसकेकोले महासंघ केन्द्रिय समिती र क्षेत्रिय समितीले समयमा उचित निर्णय लिन नसक्नु, काखी च्याप्ने प्रबृती कायम राख्नु, दुईतिहाई सदस्यको भावना तथा पुर्व सभापतिहरुको निश्कर्षलाई लत्याउनुले महासंघ सप्तरीका विद्यमान अबस्थाको सृजना भएको विज्ञप्तिमा उल्लेख छ ।
साथै विज्ञप्तिमा विद्यमान अबस्थामा सप्तरीमा पत्रकार महासंघको अधिवेसन फागुन ७ गते हुन सक्ने अबस्था रहेकोले सप्तरी जिल्लामा बिबाद समाधान नगरि गरिने अधिवेसनले द्वन्द्व बढाउने कार्य मात्र हुने भएकाले केन्द्र र क्षेत्रिय समितीको रवैयाका कारण पत्रकार पत्रकारबीच एकआपसमा भिडन्त गर्न सक्ने स्थिती सृजना भएको हुन सकिने विश्वास व्यक्त गरिएको छ ।
त्यसैगरी नेपाल पत्रकार महासंघ सप्तरी शाखाको कुरिती बिरुद्धको संघर्ष समितिका संयोजक जितेन्द्र खड्गाले सोमबारै एक विज्ञप्ती प्रकाशन गरी नेपाल पत्रकार महासंघमा बिद्यमान बिवादको समाधान नगरि एक पक्षियरुपले गरिने अधिवेशनले आपसी द्धन्द्व बढ्ने भएकाले यस्ता सुचनाहरुको हल्लामा नलाग्न सवै श्रमजिवी पत्रकारहरुलाई अनुरोध गरिएको छ ।
जारी विज्ञप्तीमा नेपाल पत्रकार महासंघ सप्तरी शाखको जिल्ला अधिवेसन आगामी फागुन ७ गते हुने भनिएको सुचना केहि संचार माध्यमहरुमा सम्प्रेषण भएकोमा समितिको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा शाखाका तत्कालिन अध्यक्ष प्रकाश खतिवडालाई शाखाका दुई तिहाई बहुमतको सहभागितामा सम्पन्न बिषेश साधारण सभााबट पदच्युत भईसकेको र उपाध्याक्ष श्रवणकुमार देव कार्यवाहक अध्यक्ष बनाईएको उल्लेख गरिदै कार्यवाहक अध्यक्ष नेतृत्वकोे कार्यसमितिको निर्णय बिना अविधवेशन बारे हुने यस्ता कुनैपनि सुचनाको लहैलहैमा नलाग्न अनुरोध गरिएको छ ।
यसैगरी केन्द्रिय समितिबाट हाल सम्म सदस्यता नवीकरण, नया सदस्यता तथा केन्द्रिय प्रतिनिधी बारे जानकारी समेत शाखामा उपलब्ध नभएकोले अधिवेशनबारे प्रेसित सुचना भ्रम मात्र फैैलाउने उद्देश्यबाट प्रेषित भएको स्पष्ट पार्दै शाखाका तत्कालिन अध्यक्षबाट भएको अवैधानिक क्रियाकलाप, ब्यापक आर्थिक अनियमितता लगायत अविश्वास प्रस्ताव दर्ता ताका लगाईएका आरोपहरुबारे केन्द्रिय समितिले निकारकण नदिएसम्म शाखाको अघिवेशन सर्वपक्षिय र सर्वमान्य हुन नसक्ने भएकाले त्यसतर्फ सवैले पहल गर्नु तथा केन्द्रिय नेतृत्व माथि दवाव सृजना गर्नु आवश्यक रहेको जनाईएको छ ।
साथै विज्ञप्तिमा श्रमजिवी पत्रकारहरु दुःख र समस्यामा समान्य पहल समेत नगरि सदरमुकाम बाहिर महासंघका पदाधिकारी भएको भनि ब्यक्तिगत स्वार्थपुर्ती गर्न तल्लिन केहि सिमित ब्यक्तिहरुले पुनः अधिवेशनको नाममा अर्को नाटकको मंचन गर्न खोजिएको आरोप लगाउँदै आपसी छलफलबाट कुनै पनि समस्याको समाधान हुने भएकाले घनिभुत छलफबाट समग्र समस्याको समाधान निकाली सर्वपक्षिय तथा सर्वमान्य अधिवेशन गराउन सवैलाई पहल गर्न अनुरोध समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ