News Category 2073/11/04
विवाद अन्त्य गरी मात्र अधिवेशनको मिति तय गर्न पत्रकार महासंघको निर्णय
दैनिक समाचारदाता
राजविराज, ३ फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरीको हवाला दिदैं केहि व्यक्तिहरुले अनाधिकृत रुपमा स्थानीय केहि पत्रिकामा शाखाको जिल्ला अधिवेशन फागुन ७ गते हुने भनी सूचना प्रकाशित गरेको सन्दर्भमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ शाखा सप्तरीका कार्यबाहक अध्यक्ष श्रवणकुमार देव, सचिव सुधा देव, कोषाध्यक्ष मनोज माझी, सदस्यहरु भुषण सिंह, चन्दन यादव, बृजमान तामांग र राजकुमार पासवानद्वारा मंगलबार जारि संयुक्त विज्ञप्ति मार्फत सो ध्यानाकर्षण भएको जनाइएको छ ।
जारि विज्ञप्तिमा महासंघ शाखा सप्तरीले हाल अधिवेसनको मिति तय गरिनसकेकाले त्यस्तो भ्रममा नपर्न सबै सदस्यलाई जानकारी गराउदै फागुन ३ गते बसेको महासंघ कार्यसमितिको बैठकले महासंघ भित्रको सम्पूर्ण विवादको अन्त्य गरी मात्र अधिवेसनको मिति तय गर्ने निर्णय गरेको जनाइएको छ ।
महासंघका तात्कालिन अध्यक्ष प्रकाश खतिवडालाई महासंघका दुई तिहाई सदस्यले अबिश्वासको प्रस्ताव सहित पदमुक्त गरेको अबस्थामा उनको निर्देशनमा जारी गरिएको सूचना र नयाँ सदस्यताका लागि गरिएको सिफारिस पूर्ण रुपमा अवैधानिक भएको समेत कार्यसमितिको बैठकले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै महासंघले आफ्ना सम्पूर्ण सदस्यहरुको नामावली र नवीकरण वापत लाग्ने शुल्क तोकेको समयसिमा भित्रै महासंघ केन्द्रको खाता रहेको बैंक अफ काठमाण्डुमा जम्मा गरिसकेको समेत जानकारी गराइदै महासंघको दुई तिहाई बैठकले २४ जना नयाँ सदस्यताको सिफारिस तोकिएकै समयमा केन्द्रमा पठाइसकेकोले सो अनुमोदनका लागि केन्द्रिय समितिसँग आग्रह गरिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीसँग आबद्ध अधिकांश पत्रकारहरुको नवीकरण शुल्क तोकिएकै समयभित्र जम्मा भइसक्दा पनि हालसम्म नवीकरण नगरेर महासंघ केन्द्रिय समितिले झन विवाद चर्काउने काम गरेको ठहर गर्दै बैठकले यस्तो अवस्थामा कुनैपनि हालतमा अबिधेसन सम्भव नहुने जनाएको छ ।
साथै फागुन ७ गतेको लागि तोकिएको सप्तरी जिल्ला अबिधेसन हुन नसक्ने स्थिती रहेकोले नेपाल पत्रकार महासंघ सप्तरीको अबिधेसन तत्काल स्थगन गरी मूल विवाद समाधानका लागि पहल गर्न र अधिवेसनको अर्काे मिति तय गर्न केन्द्रिय समितिसँग जोड्दार माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/07 जबरजस्तीकरणी मुद्दाका फरार एक कैदी पक्राउ
- 2082/08/05 प्रतिबन्धित लागुऔषध गाँजासहित ट्रक चालक पक्राउ
- 2082/08/05 सार्वभौमसत्तामाथि खतरा ः राप्रपा अध्यक्ष लिङ्गदेन
- 2082/08/05 युटुवर बिक्कि सिंह पक्राउ
- 2082/08/04 जिल्लास्तरिय बिधालय क्रिकेट लालीगुराँस र रायपुर बिजयी
- 2082/08/03 पर्याप्त दाइजो नल्याएको भन्दै विहे भएको चार महिना मै महिला घर निकाला
- 2082/08/03 खानेपानी संस्थान कार्यालयमा पुनः तालाबन्दी
- 2082/08/02 सहुलियत दरका २ सय ४० बोरा मलसहित सहकारीका संचालक पक्राउ
- 2082/08/02 जेनजी समुहले लगाएको ताला प्रशासनले फुटाएपछी विरोध प्रर्दशन
- 2082/08/01 १२ वर्षिया प्रतिक्षा हराइरहेको बेला अचानक फेसबुकमा तस्बिर सार्वजनिक भएपछी परिवारजन चकित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ