News Category 2073/11/05
पत्रकार महासंघका पूर्वसभापतिद्वारा अधिवेशनका लागि पहिला विवाद अन्त्य गर्न आग्रह
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाका पूर्वसभापतिहरुले आगामी फागुन ७ गतेका लागि घोषित महासंघको सप्तरी जिल्ला अधिवेशनका लागि पहिला विवाद अन्त्य हुनु आवश्यक रहेको भन्दै शाखामा देखिएका विवाद अन्त्यका लागि वार्ता र छलफल अघि बढाउन आह्वान गर्नुभएको छ ।
शाखाका पूर्व सभापतिहरु शिवहरीप्रसाद भट्टराई, विष्णुकुमार मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, शम्भुकुमार झा, व्यासशंकर उपाध्याय र धीरेन्द्रप्रसाद साहद्वारा बुधबार जारि संयुक्त विज्ञप्ति मार्फत सो आह्वान गर्दै यसका लागि आफुहरुको आवश्यकता बोध भए सधै समन्वयका लागि तयार रहने जनाइएको छ ।
जारि विज्ञप्तिमा विवाद समाधानका लागि समन्वयकारी भूमिका निर्वाह गर्न महासंघको केन्द्रीय कार्य समिति समक्ष समेत आग्रह गरिएको छ ।
महासंघको केन्द्रीय समितिको निर्देशन अनुसार जिल्ला शाखाहरुको अधिवेशन निकट आइपुग्दा पनि सप्तरी शाखाको अधिवेशन विवाद समाधान नभएका कारणले अन्यौल अवस्थामै रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “यस्तो असहजतालाई लम्ब्याएर राख्दा सांगठनिक गतिविधिदेखि सप्तरीमा पत्रकारहरुको हक, अधिकार, सुरक्षा लगायत सगठनले निर्वाह गर्नुपर्ने सबै कार्य प्रभावित भईरहने अवस्था र सञ्चारकर्मीहरुको लागि पनि हितकार नहुने हामीले महशुस गरेका छौं ।”
जारि विज्ञप्तिमा आपसी मतमतान्तर र चित्त नबुझेका कुरालाई वार्ता, सम्वाद र छलफलबाट टुङ्ग्याउँदै परिस्थितिलाई सहज तुल्याउनका लागि विवादका दुबै पक्षसित आह्वान गर्दै फाटो बढाउने भन्दा पनि समन्वयात्मक भूमिका, व्यवहार प्रदर्शनको यतिवेला आवश्यकता रहेको जिकिर छ ।
शुन्य अवस्थाबाट शुरु भएको महासंघ सप्तरी शाखाको भौतिक तथा सांगठनिक अवस्था आज निकै झाँगिईसकेको भन्दै अग्रज पत्रकारहरुको योगदानलाई कदापि बिर्सन नसकिने उल्लेख गर्दै विज्ञप्तिमा महासंघ आवद्ध सम्पूर्ण साथीहरुलाई विगतका तीता मीठाको स्मरण भन्दा पनि संस्थाको भविष्य सुनिश्चिततालाई प्राथमिकतामा राखेर अघि बढ्दै समझदारीको मार्ग प्रशस्त गर्ने पवित्र काममा लाग्न आग्रह गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ