News Category 2073/11/05
हेल्थ असिस्टेन्टद्वारा स्वास्थ्यकर्मीहरुको आन्दोलनप्रति ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, ४ फागुन ।
हेल्थ असिस्टेन्ट संघ नेपाल सप्तरीले स्वास्थ्यकर्मीहरुको संयुक्त टे«ड युनियन संघर्ष समितिले आकस्मिक सेवा बाहेक सम्पुर्ण कामकाज ठप्प गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
हेल्थ असिस्टेन्ट संघ नेपाल जिल्ला कार्य समिति सप्तरीका कार्यबाह अध्यक्ष बिरेन्द्र कुमार यादवले बुधबार एक विज्ञप्ती प्रकाशन गरी नेपालको संविधान २०७२ को धारा ३५ को उपधारा १ बमोजिम आकस्मिक स्वास्थ्य सेवा लगायत आधारभुत स्वास्थ्य सेवा पाउने हरेक नागरिकको मौलिकहकको रुपमा व्यवस्था भएता पनि आम जनसमुदायहरुको स्वास्थ्य जस्तो संवेदनशिल सेवाहरुबाट बन्चित हुने भएकाले संघको गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ ।
जारी विज्ञप्तीमा संघर्ष समितिले आफनो हकअधिकार सुनिश्चित गर्न गराउन सरकार लगायत सरोकारवाला निकायसँग वार्ता, सौदावाजी र समन्वय गर्ने ट्रेड युनियन अधिकार हुँदा हुँदै पनि सार्वजनिक सरोकारको विषय भएको सार्वजनिक संस्था बन्द गर्ने अधिकार नरहेको र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ र नियमावली २०५५ अनुसार कर्मचारीले बहन गर्नुपर्ने आचरण र जिम्मेवारी विपरीत रहेकोले स्वास्थ्य संस्थाबाट संचालन हुने आस्मिक सेवा बाहेक अन्य सेवा ठप्प गर्न कार्यक्रम अन्त्य सेवा ठप्प गर्ने कार्यक्रम फिर्ता लिई जनसमुदायको नैसर्गिक अधिकारको रुपमा रहेको स्वास्थ्य सेवालाई सुचारु राखि जिम्मेवार स्वास्थ्यकर्मीहरुको भुमिका निर्वाह गर्न आन्दोलनरत पक्षसँग समितिले अनुरोध गरेको छ ।
त्यस्तै संघको निर्णय बमोजिम स्वास्थ्य सेवालाई प्रभावित हुन नदिई स्वास्थ्य सेवा संचालन गरी ग्रामिण भेगका जनसमुदायलाई सेवा प्रदान गर्न हरेक स्वास्थ्य संस्थामा कार्यरत रहेको हेल्थ असिस्टेन्ट लगायत अन्य स्वास्थ्यकर्मीहरुलाई सेवा प्रदान गर्ने वातावरण श्रृजना गरिदिनुहुन र शान्ति सुरक्षाको समेत व्यवस्था मिलाई दिनुहुन नागरिक समाज, बुद्धिजिवी, संचारकर्मी, राजनैतिक दल लगायत सरोकारवाला निकाय जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय सप्तरीसँग विज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ