News Category 2073/11/06
संघीय समाजवादी फोरम सप्तरीको अध्यक्षमा दिनेश यादव
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीको सम्पन्न प्रथम अधिवेशनबाट अध्यक्ष पदमा दिनेश कुमार यादव बिजयी हुनुभएको छ ।
५१ सदस्यीय नयाँ जिल्ला कार्य समितिका लागि मंगलबार साँझ सम्पन्न निर्वाचनको बुधबार राती सम्पन्न मत परिणाम अनुसार यादवले निकटतम प्रतिद्धन्द्वी सुरेन्द्र प्रसाद यादवलाई १ सय ५७ मत अन्तरले पराजित गर्दै निर्वाचित हुनुभयो ।
निर्वाचित हुनुभएका यादवले ४ सय ३९ मत र उहाँको निकटतम प्रतिद्धन्दी सुरेन्द्र प्रसाद यादबले २ सय ८२ मत प्राप्त गर्नुभयो ।
यसैबीच बिहीबार संघीय समाजवादी फोरम नेपाल सप्तरीको प्रथम अधिबेशनबाट निर्बाचित पदाधिकारीहरुलाई एक समारोहको बिच पदास्थापन गरिएको छ । अध्यक्ष सहित ५१ जना नवनिर्वाचित सदस्यहरुलाई प्रमाण—पत्र प्रदान गर्दै सपथ ग्रहण गराई पदास्थापन गराईएको हो ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला ईन्चार्ज अनिरुद्ध प्रसाद सिंह यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुको नाम घोषण गर्दै सांसद एवं निर्बाचन अधिकृत दिल बहादुर नेपालीले निर्बाचनबाट जुझारु नेतृत्व चयन भएको भन्दै बधाई दिनुभयो ।
सो कार्यक्रममा सांसद लक्ष्मी चौधरी, तराई मधेश प्रदेशका मुख्य सचिब शम्भु झा, केन्द्रिय सदस्य एवं सप्तरी जिल्ला सह ईन्चार्ज बिनोद चौधरी, केन्द्रिय सदस्य उमेश प्रसाद यादब, जगदेब यादब, चित्त नारायण यादब, अशोक कुमार यादब, तराई मधेश प्रदेश सदस्य राधेश्यम पण्डित, दिप कुमार यादब ( टुटु बाबु), उपेन्द्र नारायण चौधरी (पगडीवाला) लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
यसैगरी पार्टीको नवनिर्वाचित जिल्ला अध्यक्ष दिनेश कुमार यादबको अध्यक्षतामा बिहिबार सम्पन्न पूर्ण बैठकले अध्यक्षका प्रत्यासी सुरेन्द्र प्रसाद यादवलाई जिल्ला सदस्यमा मनोनित गरिएको छ भने अधिवेशनमा सहयोग गर्ने सम्पुण सरोकारवालाई धन्यबाद दिने प्रताव समेत पारित गरिएको जिल्ला सदस्य बृजमान तामाङले जनकारी दिनुभयो ।
यसअघि सदस्यहरुमा भुगोलतर्फ क्षेत्र नम्बर २ बाट कोशेन्द्र यादवले १ सय २३, प्रभानन्द मण्डलले १ सय २१, निलेश झाले १ सय १९, कृष्णदेब यादब (श्यामदेव) ले १ सय १८, अनिरुद्ध यादवले १ सय १२ मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
यस्तै क्षेत्र नम्बर ५ बाट बलराम यादवले ९०, मनोज यादबले ८९, कन्तलाल चौधरीले ५५, बिष्णु गुप्ताले ५४ मत प्राप्त गरी बिजय हुनुभयो । क्षेत्र नम्बर ६ बाट दयानन्द गोईत ६८, अरबिन्द यादबले ५९, सुरेन्द्र प्रसाद यादबले ५६, शक्ती यादबले ५४ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।
यसैगरी क्षेत्र नम्बर १ बाट रामेश्वर यादब, दिप नारायण साह, सुरेन्द्र्र्र्र्र्र्र्र्र्र्र्र्र प्र्रसाद यादब, क्षेत्र नम्बर ३ बाट अरुण कुमार यादब, महेश कुमार यादब, तारकेश्वर यादब, नारायण यादब, रामकृष्ण मुखिया, रामेश्वर झकरैत यादव र क्षेत्र नम्बर ४ बाट महेन्द्र कुमार यादब, केदार प्रसाद यादब, उमेश कुमार यादब, राजेन्द्र प्रसाद यादब, प्रदिप साह र अमरनाथ यादब निर्बिरोध चयन हुनुभएको छ ।
त्यसैगरि समाबेशी तर्फको आदिबासी जनजातीमा बृजमान तामाङले ४ सय ८४, चुलहाई मण्डलले ५ सय ५०, गन्सु चौधरीले ४ सय ६४, खडकनाथ चौधरीले ४ सय ७२, राम प्रसाद चौधरीले ४ सय ७१ र बिनोद चौधरीले ४ सय ७३ मत प्राप्त गरी बिजयी हुनुभयो ।
त्यस्तै मुस्लिम तर्फबाट सुलेमान मियाँले ३ सय ३१ र मो आकुफले ३ सय ४५ मत प्राप्त गरी बिजयी हुनुभयो । महिला तर्फ दिल कुमारी चौधरीले ४ सय ३९, उपमा देबले ३ सय ९३, किरण कुमारी यादबले ४ सय ६१, रिता शर्मा यादबले ४ सय १८, रंजना देबी दासले ४ सय ४, संसारी देबी चौधरीले ३ सय ९८, अम्बिकादेबी चौधरीले ३ सय ७२, चन्द्रिका यादबले ३ सय ९० मत प्राप्त गरी बिजयी हुनुभएको छ ।
त्यसैगरी दलित तर्फ राजेन्द्र रामले ४ सय १३, सकलदेब रामले ३ सय ८७, रामस्वागत बिश्वकर्माले ३ सय, हरि राम ३ सय २१, सिकिन्द्र पासवानले ३ सय ६५, बेचनी देबी सरदारले ३ सय ५७ मत प्राप्त गरी बिजयी हुनुभएको निर्वाचन अधिकृत एवं सांसद दिल बहादुर नेपालीले जानकारी दिनुभयो ।
जिल्ला अधिवेशनका लागि खुल्ला तथा भुगोल तर्फ २८ वटा सीट छुट्टयाइएको छ । जस अनुसार क्षेत्र नं. १ मा ३, क्षेत्र नं. २ मा ५, क्षेत्र नं. ३ मा ६, क्षेत्र नं. ४ मा ६, क्षेत्र नं. ५ मा ४ र क्षेत्र नं. ६ मा ४ सीट छुट्टयाइएको हो । यस्तै जिल्लाको ६ वटै क्षेत्रहरुबाट समावेशी तथा समानुपातिकमा महिलातर्फ ८, आदिवासी जनजातीतर्फ ६ र मुश्लिमतर्फ २ सीट गरि जम्मा २२ सीट छुट्टयाइएको हो ।
यसअघि माघ २९ गते संघीय समाजवादी फोरम नेपालको प्रथम जिल्ला अधिवेशनको पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले उद्घाटन गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ