News Category 2073/11/06
स्थानिय निकायका कर्मचारीहरु आज प्ले कार्डसहित प्रदर्शन गर्ने
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
स्थानिय निकाय टे«ड युनियन जिल्ला समन्वय समिति सप्तरीले विभिन्न माँगहरु अघि सारी बिहिबार पाँचौ दिन पनि स्थानीय निकायको कामकाज ठप्प पारी धर्ना कार्यक्रमलाई निरन्तरता दिएको छ ।
स्थानीय निकायमा कार्यरत कर्मचारीहरुको विभिन्न माँग तथा मुद्धाहरु सम्बोधनको लागि पहल हुनुको सट मन्त्रालयको सचिवबाट कर्मचारीहरुलाई अझै रुष्ट गराउने कार्य गरेको भन्दै फागुन ६ गते माँग सहितको नाराहरु प्लेकार्डमा राखि नगर परिक्रमा गर्ने र सो पश्चात् कोण सभा गर्ने कार्यक्रम तय गरिएको विज्ञप्ती मार्फत जनाएको छ ।
स्थानीय निकाय कर्मचारी संघ नेपालका अध्यक्ष श्यामसुन्दर यादव, ने.न.पा. कर्मचारी इकाई समितिका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष उमेश प्रसाद यादव, गाबिस कर्मचारी संघ नेपालका केन्द्रिय सदस्य दुर्गानन्द झा, स्थानीय निकाय कर्मचारी संघ नेपालका केन्द्रिय सदस्य नवराज खड्का, गाविस कर्मचारी संघ नेपालका कावा अध्यक्ष राजेश कुमार सिंह, डिनका केन्द्रिय सदस्य खुर्सेद इकाम, ने.न.पा. कर्मचारी इकाई समिति हनुमाननगर योगिनी माईका सुजित कुमार चौधरी, सामाजिक परिचालक संजाल समितिका अध्यक्ष शिबशंकर मेहताद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा सो कार्यक्रम उल्लेख गरिएको छ ।
हस्ताक्षरित विज्ञप्तीमा स्थानीय निकायका कर्मचारीहरुको आन्दोलनमा हालसम्म वार्ताको लागि बोलाइए पनि कुनै निष्कर्षमा नपुगेको र वार्ता निष्कर्ष बिहिन भएको हुँदा दवाव स्वरुप स्थानीय निकाय टे«ड युनियन जिल्ला समन्वय समितिको बिहिबार बसेको बैठकबाट यस्तो निर्णय गरिएको जनाईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ