News Category 2073/11/08
स्थानिय निकायका कर्मचारीको आन्दोलन फिर्ता, स्वास्थ्यकर्मीको जारि
राजविराज÷विगत पाँच दिनदेखी आन्दोलनमा रहेका स्थानीय निकाय ट्रेड युनियन कर्मचारीहरुको आन्दोलन फिर्ता भएको छ ।
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र संयुक्त समन्वय समितिबिच भएको सात बुँदे सहमतिपश्चात् सोे आन्दोलन शुक्रबारदेखि फिर्ता भएको हो ।
यता सप्तरीका सम्पूर्ण स्वास्थ्यकर्मीहरु आन्दोलनमै रहेका छन् । गत मंगलबारदेखी उनीहरु सम्पूर्ण स्वास्थय संस्थाहरु बन्द गरि आन्दोलित भएका हुन् ।
विभिन्न तहका स्वास्थ्यकर्मीहरुको पद व्यवस्थापन तथा जेष्ठताका आधारमा स्वास्थ्य संस्था प्रमुख हुनुपर्ने माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् ।
प्रसुती सेवा बाहेक अन्य दैनिकी कामकाज ठप्प पारेर स्वास्थ्यकर्मीहरु स्वास्थ्यसंस्थामा तालाबन्दी गरेर जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीमा धर्ना बसेका छन् ।
जिल्लाका १ सय १६ स्वास्थ्य संस्थाहरुमा कार्यरत करिब ६ सय स्वास्थ्यकर्मीहरु आन्दोलनमा गएपछि यहाँका डेढ लाख बढी सेवाग्राहीहरु प्रत्यक्ष रुपमा प्रभावित भएका छन् ।
स्थानिय निकायका कर्मचारीहरु विगत लामो समयदेखि स्थानीय निकायमा निर्वाचित पदाधिकारी नभएको सन्दर्भमा कर्मचारीबाट दोहोरो जिम्मेवारी निर्वाह गरिरहेको अवस्था अन्त्य गर्न स्थानीय तहको निर्वाचनको लागि नेपाल सरकारलाई अनुरोध गर्ने, नयाँ स्थानीय तहको संगठन संरचना र जनशक्ति व्यवस्थापन सम्बन्धमा संक्रमणकालिन व्यवस्थापन योजना कार्यान्वयन हुँदा हाल सम्बन्धित स्थानीय निकायमा कार्यरत कर्मचारीहरु मध्येबाट वडा र कार्यालयका विभिन्न शाखामा मर्माहित गरी व्यवस्थापन गर्ने र नपुग जनशक्ति अन्य निकायबाट व्यवस्था गर्ने लगायतको सहमति भएको छ ।
स्थानीय प्रदेश र संघिय तहमा कर्मचारी समायोजन र सो सम्बन्धि कानुन निर्माण एवं संशोधनको मस्यौदा तयार गर्दा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले आफैले गठन गर्ने कार्यदलमा स्थानीय निकाय टे«ड युनियन संयुक्त समन्वय समितिको प्रतिनिधित्व गराउने र अन्य मन्त्रालयबाट हुने कार्यको हकमा मन्त्रालयले आवश्यक पहल गर्ने तथा स्थानीय निकाय टे«ड युनियन संयुक्त समन्वय समितिले प्रस्तुत गरेका माँगहरु सम्बन्धमा भएको सहमतिका आधारमा आन्दोलन स्थगित गरिएको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव चक्र बहादुर बुढा र उपसचिव प्रेमराज जोशीद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ