News Category 2073/11/08
पुराना काँग्रेसीको सहकार्यलाई चुस्त दुरुस्त बनाउने अभियान सुरु
राजविराज÷नेपाली काँग्रेसका निष्ठावान यूवा समूह सप्तरीले चलाएको अभियानलाई शनिवार पनि निरन्तरता दिइएको छ ।
पार्टी भित्र हावी हुँदै गएको गलत संस्कार, संस्कृति, प्रवृत्ति तथा इमान्दारीका साथ अडिग भएर राजनीति गर्ने नयाँ र पुराना काँग्रेसीको सहकार्यलाई चुस्त दुरुस्त बनाउने उद्देश्यले सो अभियान चलाइएको हो ।
अभियानमा नेविसंघ, तरुण दल, ट्रेड युनियन, बुद्धिजीवी तथा साँस्कृतिक संघका प्रतिनिधिका साथै पुराना काँग्रेसीहरुले एकै स्वरमा पार्टी भित्र भईरहेको गुट उपगुटले पार्टीको जनाधार घटाउने कार्य गरेकोमा चिन्ता ब्यक्त गर्दै यसको अन्त्यका लागि सशक्त ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
अभियानलाई ६ वटै निर्वाचन क्षेत्रमा विस्तार गर्ने योजना बनाएको यूवा समूहले हाल नगर क्षेत्रको विभिन्न वडामा प्रत्येक शनिवार कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रममा पूर्व स्ववियु सभापति एवम् तरुण दलका केन्द्रीय सदस्य शशी माझी, वडा नं. १ का बुथ सभापति विशेश्वर प्रसाद साह, वडा ३ का बुथ सभापति श्याम शर्म, वडा ६ का बुथ सभापती योगेन्द्र प्रसाद देव, वडा नं. ७ का बुथ सभापति ईश्वर प्रसाद साह, वडा नं. ८ का बुथ सभापति समीर झा र वडा नं. ९ का बुथ सभापति इन्द्र नारायण देवका साथै तरुण दलका अनिल देव, दिनेश सिंह, नेविसंघका फिदा हुसैन, रञ्जीत चौधरी, बुद्धिजीवी स.घका रणधीर कर्ण तथा पुराना काँग्रेसी प्रदिप तातेड, दिलिप वर्मा, विजय चौधरी, राम कुमार साह, श्याम खडगी, राजकुमार परियार, विमल खड्गी, नसिर अहमद लगायतको उपस्थिति थियो । आगामी शनिवार नगरको वडा नं. ५ मा सो अभियान चलाइने जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ