News Category 2073/11/09
पकरी गाविसमा ड्रामा क्लिनिक संचालन हुने
दैनिक समाचारदाता
राजबिराज, ८ फागुन ।
प्रहरी र स्थानियबीच सम्बन्ध सुधारका हुने उद्देश्यका साथ सप्तरीको पकरी गाबिसमा तीन दिने ड्रामा क्लिनिक शुरु हुने भएको छ ।
युके ऐडको सहयोगमा सर्च फर कमन ग्राउण्ड तथा नेपाल प्रहरीसंगको साझेदारीमा सबल नेपाल सप्तरीद्वारा आयोजित पहुच परियोजना अन्र्तगत सो क्लिनिक सुरु हुन लागको हो ।
प्रहरी र स्थानीय समुदायलाई समाजमा शान्ति स्थापना र समुदायिक सुरक्षाको लागि सहकार्य गर्न प्रेरित गर्दै दुवै बीच विश्वास, सहकार्य र आपसी जवाफदेहिता बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा सबल नेपालका अध्यक्ष जुना गिरीले जानकारी दिनुभयो ।
३० जना समुदाय र १० प्रहरीलाई सहभागी गराई विभिन्न अनुभवमा आधारित सिकाईका नयाँ तरिकाहरु जस्तै समुह कार्य, प्रभावकारी समन्वय, प्रभावकारी संचार, संवेदनशील वर्गको सहभागीताको महत्व, समस्या पहिचान तथा समाधानका विभिन्न उपायका वारेमा खेलविधि प्रयोग गर्ने र शान्ति, द्वन्द्व, हिंसा, नेपाल प्रहरीको काम कर्तव्य र अधिकार तथा समुदायको दायित्व र कथा सुनाउने शेषनहरुको मदतले प्रहरी र समुदायले एक अर्काका कार्य र अप्ठ्याराहरु बुझी सहकार्य गर्ने वातावरण निर्माण गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।
पाँच वटा गाविसको क्लस्टरमा आधारित भएर कार्यक्रममा स्थानिय महिला निगरानी समुह, महिला स्वयंसेविका, सामुदायिक मेलमिलाप समिति, युवा क्लव, नाटक समुह, नागरिक वडा मञ्च, विद्यालय व्यवस्थापन समिति, दलित समुह र संस्थाहरुबाट सहभागीहरुले प्रतिनिधित्व गरिरहेका छन् ।
त्यसैगरि कार्यक्रममा सहभागी प्रहरीहरुले क्लस्टर अन्तर्गतका नेपाल प्रहरीका स्थानिय कार्यालयहरुलाई प्रतिनिधित्व गरिरहेका छन् । सो कार्यक्रममा सप्तरी जिल्लाका ४ गाबिस तथा १ नगरपालिका (गाबिस हरिहरपुर, को मधेपुरा, डाढा, पकरी तथा योगिनिमाई नगरपालिका) का ६÷६ जना सहभागि रहेका छन भने जिल्ला प्रहरी कार्यालय सप्तरीले स्थानीय चौकीहरुबाट १० जना सहभागि उपलब्ध गराउने सबल नेपालका पहुच परियोजना संयोजक रोशन कुमार मण्डलले दिनुभयो ।
सन् २०१७ मा जम्मा ३ वटा ड्रामा क्लीनिकको आयोजना गर्ने तथा प्रत्येक क्लिनिकको अन्तिम दिन मैत्रिपूर्ण नाटक प्रतियोगिता भब्य रुपमा आयोजना गरिनेछ । प्रहरी र समुदायहरुको सम्मिश्रण रहने दुई टिमले मैत्रिपूर्ण नाटक प्रदर्शन गर्नेछन् ।
कार्यक्रमपछि नियमित रुपमा प्रहरी र समुदायका विच संवाद गराउने, स्थानिय शान्ति सुरक्षाका रणनीतिहरु तयार पार्ने र त्यसका लागि सहकार्यमा आधारित क्रियाकलाप गर्ने जस्ता कार्यक्रम “पहुँच” परियोजना अन्तर्गत रहेको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
- 2083/02/06 कर्मचारी कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै धर्ना
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ