News Category 2073/11/10
मधेशी विद्यार्थी संगठनद्वारा स्ववियु निर्वाचन हुन नदिने निर्णय
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
मधेशी विद्यार्थी संगठनहरुले अगामी फागुन १८ गते गर्ने भनिएको स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेको छ ।
मधेशी विद्यार्थी संगठनहरुको सोमबार सम्पन्न एक भेलाबाट यस्तो निर्णय गरिएको जनाएको छ ।
बैठक पश्चात् समाजवादी विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष तारकेशवर यादव, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, मधेशी विद्यार्थी लोकतान्त्रिकका अध्यक्ष सत्येन्द्र यादव, तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष संजिव मण्डल, संघिय विद्यार्थी संघका अध्यक्ष महेश कुमार यादव, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष आनन्द यादव, मधेशी विद्यार्थी फोरम गणतान्त्रिकका अध्यक्ष बिरेन्द्र यादव, तराई मधेशी सदभावना मंचका अध्यक्ष अरविन्द्र रामद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने जनाईएको छ ।
त्यस्तै जारी विज्ञप्तीमा मविव क्याम्पस प्रशासनले चुनाव गर्न खोजे विद्यार्थी मोर्चाले सशक्त आन्दोलनको घोषणा गर्ने तथा त्यसको जिम्मेवार क्याम्पस प्रशासन स्वयम हुने जनाउँदै क्याम्पसको परीक्षा शाखा, लेखा शाखा, क्याम्पस प्रमुखको शाखामा लगाईएको तालाबन्दी यथावत रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ