News Category 2073/11/10
मधेशी विद्यार्थी संगठनद्वारा स्ववियु निर्वाचन हुन नदिने निर्णय
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
मधेशी विद्यार्थी संगठनहरुले अगामी फागुन १८ गते गर्ने भनिएको स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेको छ ।
मधेशी विद्यार्थी संगठनहरुको सोमबार सम्पन्न एक भेलाबाट यस्तो निर्णय गरिएको जनाएको छ ।
बैठक पश्चात् समाजवादी विद्यार्थी फोरम नेपालका जिल्ला अध्यक्ष तारकेशवर यादव, विद्यार्थी मंचका जिल्ला अध्यक्ष शम्भु कुमार यादव, मधेशी विद्यार्थी लोकतान्त्रिकका अध्यक्ष सत्येन्द्र यादव, तराई मधेश विद्यार्थी फ्रन्टका अध्यक्ष संजिव मण्डल, संघिय विद्यार्थी संघका अध्यक्ष महेश कुमार यादव, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष आनन्द यादव, मधेशी विद्यार्थी फोरम गणतान्त्रिकका अध्यक्ष बिरेन्द्र यादव, तराई मधेशी सदभावना मंचका अध्यक्ष अरविन्द्र रामद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा स्ववियु निर्वाचन कुनै पनि हालतमा गर्न नदिने जनाईएको छ ।
त्यस्तै जारी विज्ञप्तीमा मविव क्याम्पस प्रशासनले चुनाव गर्न खोजे विद्यार्थी मोर्चाले सशक्त आन्दोलनको घोषणा गर्ने तथा त्यसको जिम्मेवार क्याम्पस प्रशासन स्वयम हुने जनाउँदै क्याम्पसको परीक्षा शाखा, लेखा शाखा, क्याम्पस प्रमुखको शाखामा लगाईएको तालाबन्दी यथावत रहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ