News Category 2073/11/11
निर्वाचन घोषणाको बिरुद्ध बन्दको आह्वान मोर्चाले निकाल्यो मसाल जुलुस
दैनिक समाचारदाता
राजविराज, १० फागुन ।
परिमार्जनसहित संविधान संशोधन नगरि सरकारले स्थानिय तहको निर्वाचनको मिति घोषणा गरेको भन्दै मेधशी मोर्चा पुनः आन्दोलनमा उत्रेको छ ।
आगामी बैशाख ३१ गते निर्वाचनको मिति घोषणा गरेको भन्दै मोर्चाले फागुन ११ गते गरेको मधेश बन्दको पूर्वसन्ध्यमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले मंगलबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ ।
स्थानिय शिवमन्दिरको प्राङ्गणबाट मोर्चाले मसाल जुलुस प्रदर्शन गरेको हो । मसाल जुलुस राजविराज नगरको परिक्रमा गर्दै स्थानिय जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
आयोजित कोण सभामा मोर्चाका सप्तरी संयोजक अमरनाथ मण्डलले सरकारले घोषणा गरेको निर्वाचनमा सहभागि नहुने बताउँदै मधेशको समस्या समाधान नभएसम्म मधेशमा निर्वाचन समेत गर्न नदिने चेतावनी दिनुभयो ।
यसअघि मसाल जुलुसमा सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, तमलोपाका केन्द्रिय सहमहामन्त्री जयप्रकाश ठाकुर, संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, रामसपाका केन्द्रिय सचिव गजेन्द्र कुमार मण्डल, सद्भावनाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, दिनेश यादव, फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादव, रामसपाका जिल्ला अध्यक्ष सतिश कुमार सिंह लगायत मोर्चासँग आवद्ध सम्पूर्ण मधेशवादी दलका गाउँ, नगर, जिल्ला र केन्द्रिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यता मोर्चाले निर्वाचनको बिरोधमा सोमबार राती फागुन ११ गते बन्दको आह्वान गर्दै १२ गतेदेखी २४ गतेसम्म भण्डाफोर कार्यक्रम सार्वजनिक गरेको छ ।
यता सप्तरीको नेगडा गाविसमा पनि मंगलबार मसाल जुलुस निकालिएको छ । संघीय समाजवादी फोरम नेपालका जितेन्द्र चौधरी, अरबिन्द भिन्डवारको नेतृत्वमा सो जुलुस निकालिएको जनाइएको छ । यस्तै जिल्लाको भारदह, कंचनपुर, रुपनी लगायतका गाविसमा समेत मसाल जुलुस निकालिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ