News Category 2073/11/21
जन्मेको पाँच वर्ष मूनीका बालबालिकाहरुलाई आजदेखी पोलियो खोप खुवाइदै
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले शुक्रबारदेखी दुई दिनसम्म राष्ट्रिय पोलियो खोप अभियान संचालन गर्दैछ । जनस्वास्थ्य कार्यालयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।
आयोजित पत्रकार सम्मेलनमा जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत नागेन्द्र प्रसाद चौधरीले फागुन २२ र २३ गतेबाट सुरु हुन लागेको अभिायनमा जन्मेको पाँच वर्ष मूनीका १ लाख २१ हजार ७ सय ५८ बालबालिकालाई पोलियो खोप खुवाउने लक्ष्य रहेको जानकारी दिनुभयो ।
जिल्लाका १ सय १६ स्वास्थ्य संस्था तथा १ हजार ९१ खोप केन्द्र मार्फत पोलियो खोप खुवाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो । जसमा १ हजार ७८ महिला स्वंमसेविका तथा २ हजार १ सय ८२ अन्य सहयोगिको अभियानका लागि खटाइएको बताइएको छ ।
वरिष्ठ अधिकृत चौधरीले राजविराज नगरपालिका उच्च जोखिममा रहेको भन्दै पोलिया खोप खुवाउन स्थानियहरुको सहयोग आवश्यक रहेको बताउनुभयो । यसअघि गत वर्ष जिल्लामा पोलियोको शंकामा ११ वटा बालबालिकाहरु भेटिएको तर स्वास्थ्य प्रशिक्षण पश्चात् उनीहरुमा पोलियो नरेको पुष्टि गरिएको थियो ।
यस्तै विश्व स्वास्थ्य संस्था (डब्लुएचओ) का सगरमाथा अंचल इन्चार्ज डा. श्रीराम साहले बि.स. २०५३ सालदेखी नेपालमा पोलियो बिरुद्धको अभियान संचालन भएपछि अहिले मुलुकबाट पोलियो उन्मूलन भइसकेको जानकारी दिनुभयो । उहाँले मुलुकको १५ जिल्लामा पोलियो बिरुद्धको अभियान लागु गरिएको बताउँदै पूर्वाञ्चलका सुनसरी, सप्तरी र सिरहा जिल्लामा पोलियो खोप संचालन भइरहेको बताउनुयो ।
यस्तै डा. साहले थप दुई नयाँ खोप पाठेघरमा लाग्ने क्यान्सर र झाडापखालाका लागि आइरहेको जानकारी दिनुभयो ।
उहाँले पाकिस्तान, अफगानिस्थान र नाइजेरियामा हालसम्म पनि पोलियोका बिरामीहरु भेटिरहेको जनाउँदै प्रत्येक वर्ष विश्वभरी ३ लाख ५० हजार पोलियोका नयाँ बिरामीहरु भेटिने गरेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/02 डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
- 2082/06/02 दिपावली गरी संविधान दिवस मनाउने निर्णय
- 2082/06/02 मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
- 2082/06/02 उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
- 2082/06/02 फरार ८२ कैदीबन्दी पक्राउ
- 2082/06/02 जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ