News Category 2073/11/22
मोर्चा र एमाले आमने–सामनेको तयारीमा, मोर्चा एमालेप्रति आक्रोशित किन ?
नवीनकुमार गुप्ता
राजविराज÷नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत सोमबार राजविराजमा जनसभा हुने भएपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आन्दोलनको घोषणा गरेको छ । यता एमालेले शनिबारदेखी सो अभियानको सुरुवात झापाबाट गरेको छ ।
एमालेलाई मधेश बिरोधी पार्टीका रुपमा प्रचार प्रसार गरिएकोका कारण यसलाई चिर्न अभियानको थालिनी गरिएको सो पार्टीले जनाएको छ ।
यता एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशीप्रति तिखो आलोचना गर्दै आएको भन्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले अभियानलाई लक्षित गरि आन्दोलनका कार्यक्रमहरु घोषणा गरेपछि आमने–सामनेको तयारीमा रहेको छ ।
मोर्चाको आन्दोलन र एमालेको अभियानका क्रममा पुनःएक पटक मधेशी नै आमने सामने हुने अवस्था सृजना भएको छ । दुबैको आन्दोलन र अभियानका क्रममा सडकमा भने मेधशी जनता नै देखिने भएका छन् । दुबैको राजनीतिक द्वन्द्वमा नोक्सान भने मधेशी जनतालाई हुनेछ ।
आन्दोलनका कार्यक्रम अनुसार फागुन १९ गतेदेखि संयुतm लोकतान्त्रिक मधेशी मोर्चाले घोषणा गरेको भण्डाफोर अभिायनको प्रचार प्रसार, फागुन २२ गते मसाल जुलुस र फागुन २३ गते सप्तरी हुने कार्यक्रमलाई लक्षित गर्दै चक्काजाम र कालो झण्डासहित प्रदर्शन गर्ने भएको छ ।
यता एमालेले पनि मेचीमहाकाली अभियान अन्तरगत सप्तरीमा प्रचारप्रसार तथा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । यसैबीच एमालेको प्रचारप्रसार कार्यक्रम भइरहँदा बिहीबारै मोर्चाले अवरुद्ध गरेपछि केहीक्षण एमाले र मोर्चाका नेता कार्यकर्ताबीच झडप समेत भएको थियो ।
यस्तै मोर्चाका कार्यकर्ताहरुले शुक्रबार बिहान एक एमालेका नेतालाई कालोमोसो दलेका छन् । मोर्चाका कार्यकर्ताहरुले राजविराज १ माछा हटियामा एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका हुन् ।
यसैगरि शुक्रबारै मोर्चाका कार्यकर्ताहरुले राजविराजमा एमालेकी सांसद रन्जु ठाकुरको गाडीमाथी ढुङ्गा प्रहार गरेका छन् । उनीहरुले पानीट्याङ्की रोडमा सो ढुङ्गा प्रहार गरेको बताएको छ । ढुङ्गा प्रहारबाट गाडीमा भने कुनै क्षति पुगेन् । यस्तै मोर्चाका कार्यकर्ताहरुले शुक्रबारै एमाले पार्टीको झण्डा समेत जलाइदिएका छन् । उनीहरुले एक पसलबाटै बनाउन दिएको एमालेको झण्डा खोसेर जलाइदिएका छन् ।
यता मोर्चाका संयोजक दिनेश यादवले एमालेलाई मधेशबिरोधीको संज्ञा दिएको र एमालेको कुनै पनि कार्यक्रम मधेशमा हुन नदिने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, “एमालेबिरुद्व मधेशी जनता नै जागेको छ, एमालेले बलजफ्ती कार्यक्रम गर्न लागेकोले जनता आक्रोशित भएर कालोमोसो दलेका हुन् ।”
एमाले घटनाप्रति गम्भिर
नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेले आफ्ना नेताहरुलाई मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले कालोमोसो र लुटपाटको घटनाप्रति भत्र्सना गर्दै कारवाहीको माँग गर्नुभएको छ । जिल्ला सचिव शम्भु यादव र उपसचिव प्रताप नारायण चौधरीलाई लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले शुक्रबार दुब्र्यबबहार गरेको प्रति भत्र्सना गर्दै आपत्ति जनाउनु भएको हो ।
विज्ञप्तिमा कसैको आस्था माथी धावा बोल्ने, शान्तिपूर्ण गतिबिधिमाथी रोकलगाउन खोज्ने र भौतिक आक्रमण गर्ने धम्कि समेत दिने मोर्चा कार्यकर्ताको कायरतापूर्ण ब्यबहारले मुठभेड निम्त्याउने प्रयत्न गरिरहेको एमालेले महशुस गरेको जनाउँदै कसैको आस्थामाथि धावा बोल्ने कार्य र राजनैतिक दलको गतिबिधिलाई रोक लगाउन खोज्ने कार्यलाई कदापी लोकतान्त्रिक मान्न नसकिने जनाइएको छ ।
साथै विज्ञप्तिमा पार्टीले गर्ने शान्तिपूर्ण गतिबिधीलाई बाधा नगर्न आग्रह गर्दै पार्टी जस्तो सुकै निरंकुशताको बिरुद्ध लडदै आएको र शालिनतालाई कमजोरी नठान्न चेतावनी समेत दिएको छ ।
एमालेप्रति मोर्चाको नकारात्मक धारणा किन ?
तत्कालिन प्रधानमन्त्री शुशिल कोइराला नेतृत्वको सरकारले २०७२ साल असोज ४ गते संविधान सभा मार्फत नेपालको नयाँ संविधान निर्माण हुने क्रममा मधेशी मोर्चाले सिमाङ्कन, नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलगायतमा असन्तुष्टि व्यक्त गर्दै आन्दोलनमा थियो । मोर्चाले ती माँगहरु सम्बोधन गरेर मात्र संविधान जारि गर्न माँग गरेपनि त्यसो हुन सकेन् । फलस्वरुप मोर्चाले जारि संविधानको स्वामित्व लिन तयार भएन् र हस्ताक्षर गरेन् । मोर्चालाई वाइपास गरेर संविधान त जारि भयो तर, मधेशमा जारि आन्दोलनले झनैं उग्र रुपलियो ।
संविधान जारि भइसकेपछि एमालेको नेतृत्वमा बनेको सरकारले मधेशी मोर्चाको माँगलाई गम्भिरतापूर्वक नलिएर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जारि मधेश आन्दोलनलाई लक्षित गरि मधेशीलाई होच्याउने, मधेश विरोधी विषवमन गर्ने, मधेशीलाई मधेश खोज्न युपी, विहार जा भन्ने जस्ता गिज्याउने अभिव्यक्ति तथा बेलाबखत मधेशप्रति विभिन्न नकारात्मक टिप्पणी, उखान टुक्काका कारण मधेशी जनताको मनमस्तिकमा विषारोपन भएको हो ।
सोही समयदेखी मधेशमा एमालेका शिर्ष नेताहरुले गर्ने कार्यक्रमहरुमा मोर्चाले बेला बखतमा अवरोध पु¥याउँदै आएको छ । र, वर्तमान समयमा परिमार्जनसहित संविधान संशोधन गर्नमा एमाले नै वाधक भएको भन्दै मोर्चा अझ एमालेप्रति कडा रुपमा प्रस्तुत भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/01/08 शिक्षक आन्दोलनका कारण विद्यार्थीको भविष्य अन्यौलमा, सप्तरीमा भर्ना अभियानदेखी एसइईको उत्तर पुस्तिका परिक्षण कार्य समेत प्रभावित
- 2082/01/08 प्रतिष्ठानको ऐन बन्ने काम अन्तिम चरणमा पुगेको छ ः डा. चौधरी
- 2082/01/08 राजयोगिनी डा.रत्नमोहन दादीप्रति श्रद्धाञ्जली अर्पण
- 2082/01/08 सिटिजन्स बैंकको वार्षिकोत्सवमा रक्तदान
- 2082/01/07 सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी
- 2082/01/06 ५६ बोट बिरुवाहरु रोपेर नेवि संघले मनायो स्थापना दिवस
- 2082/01/06 राष्ट्रिय मुक्ती पार्टी नेपालको सप्तरीमा संगठन विस्तार अभियान सुरु
- 2082/01/05 विकास निर्माण कार्यलाई तिब्रता दिन सुझाव
- 2082/01/04 छिमेकीद्वारा विदेशमै ठगिएपछी नजिबुल्लाको परिवार विचल्लीमा परिवार विचल्लीमा
- 2082/01/03 पूजा रामको हत्या भएको भन्दै परिवारजनले दिए प्रहरीमा जाहेरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ