News Category 2073/11/23
रंगशालामा हुने भनिएको एमालेको कार्यक्रम औद्योगिक क्षेत्रमा सारियो, जिल्लाको सुरक्षा ब्यवस्था कडा
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
नेकपा एमालेको मेची–महाकाली अभियान अन्तरगत सोमबार राजविराजमा हुने जनसभाको स्थान मधेशी मोर्चाको व्यापक बिरोधपछि परिवर्तन गरिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बिरोधका कार्यक्रम सार्वजनिक गरेपछि राजविराजस्थित राजरंगशालामा हुने भनिएको कार्यक्रम परिवर्तन गरेर जिल्लाको बसबिट्टी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र तय गरिएको नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपानेले जानकारी दिनुभयो ।
यता आइतबार बिहानदेखी राजविराज नगर सुरक्षाकर्मीका कारण छाउनीमा परिवर्तन भएको छ । नगरको चौक चौकमा, सरकारी कार्यालय, एमाले पार्टी कार्यालय, एमालेका नेताहरुको घर समेतमा सुरक्षाकर्मीहरुले सुरक्षा दिइरहेका छन् । यस्तै सुरक्षाकर्मीहरुले राजविराजमा सुरक्षा व्यवस्था कडाई गरेका छन् । मोटरसाइकल चालक तथा बटुवाहरुको ब्याग समेत चेक गरिरहेका छन् ।
कार्यक्रमस्थल परिवर्तन गरिएपनि मोर्चाले आफ्नो बिरोधका कार्यक्रमलाई झनै तिब्र बनाएको छ । आइतबार मोर्चाले मोटरसाइकल ¥याली निकाल्दै राजविराज नगर परिक्रमा पश्चात् नयाँ कार्यक्रमस्थल औद्योगिक क्षेत्रमा पुगि टायर बालेर प्रदर्शन गरेको थिए ।
यसैबीच मोर्चाका जिल्ला संयोजक दिनेश यादवले जिल्लाको भारदह, कंचनपुर, सितापुर, रुपनी, कल्याणपुर लगायतका स्थानहरुमा समेत एमालेको अभियान बिरुद्ध बिरोध गर्ने जानकारी दिनुभयो । मोर्चाले आजै मसाल जुलुस निकाल्दै छ भने भोली चक्काजामको कार्यक्रम रहेको मोर्चाका जिल्ला संयोजक दिनेश यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ