News Category 2073/11/23
ओलीको अभिव्यक्तिका कारण मधेशी आक्रोशित ः बौद्धिक समाज
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
बौद्धिक समाज सप्तरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेश, आदिवासी, जनजाति, दलित, विरोधी अभिब्यक्ति र कृयाकलाप दिएकै कारण मधेशी समुदाय आक्रोशित रहेको बताएको छ ।
बौद्धिक समाजले आइतबार एक विज्ञप्ति जारि गर्दै मधेशी जनता अक्रोसित भएको अवस्थामा एमालेको कथित मेची महाकाली अभियान सम्पूर्ण तराई मधेशमा तरंग उत्पन्न भई झडपको अवस्था सृजना उत्पन्न भएको जनाएको छ ।
विज्ञप्तिमा जनताको बलिदानबाट स्थापित संघीय, धर्मनिरपेक्ष, लोकतान्त्रिक, गणतान्त्रिक संविधानलाई परिवर्तन विरोधी तत्वले चुनौती दिइरहेको वखत आफुलाई माक्र्स र लेनीनका अनुयायी, गरीबका हितैषी भनाउदा र परिवर्तनकारी बताउनेहरुले संविधानमा रहेको भेदभाव प्रावधान हटाई शोषित पीडित जनताको पक्षमा उभिने बखत शक्तिको दम्भ र शासनको बलमा मेची महाकाली अभियानले द्वन्द उत्पन्न गर्ने जनाएको छ । एमाले नेतृत्व पंक्ति पुनरविचार गरी र सरकारले त्यसलाई मद्दत गर्नुको साटो संयमित बनाउन र अधिकार प्राप्तिको लागी संघर्षरत समुदायसंग संयमित हुन विज्ञप्तिमार्फत आग्रह समेत गरिएको छ ।
जारि विज्ञप्तिमा भनिएको छ, “संघीय राज्यप्रणालीमा स्थानीय निकाय सम्बन्धित राज्य (प्रदेश) को मातहत रहने विश्वभरी संवैधानिक मानताको व्यवस्था रहेको छ । तर नेपालमा शाहकाल, पंचायतकाल संसदीय व्यवस्थादेखि गणातांत्रिक व्यवस्था सम्म राज्यका सबै सन्दर्भमा एकल जातीय एकाधिकार कायम गरीराखेका नेतृत्व वर्गद्वारा बहुमतको नाउमा मधेशी, जनजाती, आदिवासी, दलित विरोधी विवादित संविधान जारी गरेपछि तराई मधेशका जनतादेिख हिमाल, पहाडका आदिवासी, जनजाति, दलित नश्लवादी संविधानको विरोध गरीरहेकै वखत प्रचण्ड नेतृत्वको सरकार मधेशवादी दलसंग गरेको लिखित सम्झौता एकपटक फेरी लत्याई स्थानीय निकायको निर्वाचन गराउने घोषणा गरेपछि देश द्वन्दात्मक अवस्थामा पुगेको छ ।”
विज्ञप्तिमा सत्तासीन समुदायद्वारा स्थानीय निकायको चुनाव नभए संविधान विफल भई देशको सार्वभौमिकता र क्षेत्रीय अखण्डता माथि खतरा उत्पन्न हुन भ्रम फैलाई देशवासीलाई आतंकित गरी महेन्द्रवादी राष्ट्रवादको पुनरावृत्ति गरिरहेको आरोप लगाएको छ । यस्तै विज्ञप्तिमा संघीय संसद र प्रदेशसभाको समय सीमा भित्र चुनाव हुन नसके पछि मात्र संवैधानिक संकट उत्पन्न हुन सक्ने जनाउँदै २०७४ साल माघ २४ गते पछि स्थानीय निकायको चुनाव भएपनि फरक नपर्ने उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
- 2082/05/08 चन्द्रनहरमा डुबेर एक जनाको मृत्यु
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ