News Category 2073/11/25
प्रहरीको गोली लागि मृत्यु भएकालाई सहिद घोषणा गर्न माँग
दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले प्रहरीको गोली लागि मृत्यु भएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने माँग गरेको छ ।
मोर्चाका जिल्ला संयोजक दिनेश कुमार यादवको अध्यक्षतामा मंगलबार बसेको बैठकले सो माँग गर्दै सोमबार सप्तरीमा नेकपा एमालेको कार्यक्रम बिथोल्ने क्रममा प्रहरीको गोलीबाट मारिएका तीनै जनाका परिवारलाई राहत तथा पीडित परिवारका एक जना सदस्यलाई सरकारी जागिर दिनुपर्ने माँग गरिएको छ ।
त्यस्तै घाइते भएकाहरुको उपचार खर्च राज्यले ब्यहोर्नुपर्ने र घाइतेहरुको तत्कालै उपचारको ब्यवस्था मिलाउनुपर्ने माँग गरिएको छ । त्यस्तै यस दुःखद घटनाको उच्च स्तरीय समावेसी न्यायीक छानबिन आयोग गठन गरी सो मार्फत छानबिन गराई दोषीहरुमाथि कडा कारबाही गर्नुपर्ने माँग गरिएको छ ।
यसैगरि सप्तरीस्थित सिडिओ, नेपाल प्रहरीका एसपी र डिएसपी, सशस्त्र प्रहरीका एसपीको निलम्बन, परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव तत्काल पारित गर्नुपर्ने र उद्योगविहिन गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा बल्ल तल्ल उद्योग सञ्चालन गर्न सुरु भएको अवस्थामा औद्योगिक क्षेत्रमा राजनीतिक कार्यक्रमको आयोजना गर्न अनुमति दिनेमाथि कारबाही समेत गर्न माग गरिएको छ ।
त्यस्तै मोर्चाले सप्तरी जिल्लाका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्थान, यातायात, उद्योग ब्यवसायसहित अनिश्चितकालिन आमहड्तालको घोषणा गरिएको हुँदा यसमा सहयोग गर्न सबै पक्षसँग आग्रह गर्दै मोर्चाका कार्यकर्ता लगायत जिल्लाका सम्पूर्ण पक्षलाई यस संघर्षमा सहयोग गर्न तथा नेकपा एमालेका समर्थकहरुलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आब्हान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ