News Category 2073/11/26
मृत्यु हुनेको संख्या चार पुग्यो प्रमुख निर्वाचन आयुक्त र कार्यालय तथा एमाले पार्टीमा आगजनी प्रयास
दैनिक समाचारदाता
राजविराज, २५ फागुन ।
सप्तरीमा सोमबार भएको घटनामा प्रहरीको गोली मृत्यु हुने संख्यामा चार पुगेको छ । यसअघि तीन जनाको मृत्यु भएको थियो ।
पछिल्लो पटक मृत्यु हुनेमा सप्तरीको मलेठ २ का बिरेन्द्र महतोको उपचारका क्रममा बुधबार बिहान धरानमा मृत्यु भएको हो ।
थप एकजनाको मृत्यु पश्चात् अक्रोसित भएका मोर्चाका कार्यकर्ताहरुले राजविराज ९ स्थित प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादव, एमाले सांसद रन्जु झा बसेको डेरा, एमालेका कमानन्द देवको घरमा ढुङ्गामुढा गरेका छन् भने निर्वाचन आयोगको कार्यालय, एमाले पार्टी कार्यालय र एमाले नेता सुमनराज प्याकुरेलको घरमा तोडफोड गरेका छन् ।
यता प्रमुख निर्वाचन आयुक्त डा. यादवको बोर्ड र एमालेको झण्डासमेतमा मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका छन् ।
यसअघि प्रहरीको गोलीबाट सप्तरीको मलेठ गाबिस २ कै रन्जन मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने जिल्लाको मलेठ ४ कै पिताम्बर मण्डल र प्रसवनी ७ का स्वास्थ्यकर्मी आनन्द साहको उपचारको क्रममा मृत्यु भएको थियो । यस्तै प्रहरीको गोली प्रहारबाट अन्य ६ जना गम्भिर तथा ४० जना भन्दा घाइते भएका छन् ।
एमालेको मेचीमहाकाली अभियान अन्तरगत सोमबार जिल्लाको बसबिट्टी गाविसस्थित औद्योगिक क्षेत्रमा भएको जनसभाका क्रममा प्रहरी र मोर्चा कार्यकर्ताबीच मलेठमा झडप भएको थियो ।
यसैबीच मधेशीको मोर्चाको आह्वानमा अनिश्चितकालिन बन्दको दोश्रो दिन पनि सप्तरीको जनजिवन प्रभावित भएको छ ।
विद्यालय, कलकारखाना, उद्योग, बजार, यातायात समेत बन्द रहेको छ । मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखी जिल्लाको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।
त्यसैगरी जिल्लाको हनुमाननगर, भारदह, कंचनपुर, रुपनी, कल्याणपुर, बोदे बसाईन, पातो बजार, ईटहरी विष्णुपुरको अखिलेन्द्र चौक, बरही बिरपुरको नहर चौक, रम्पुरा मल्हनियाको कुनौली बोर्डर सहितका स्थानमा मोर्चाका नेता तथा कार्यकर्ताहरुले बजार बन्द गराई प्रदर्शन गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
- 2082/12/19 मौसम परिवर्तनले आँपको उत्पादनमा कमी आउने, हावाहुरी र बर्षाले गहुँबालीमा क्षति
- 2082/12/19 सरकारी संचारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने निर्णयप्रति महासंघको गम्भिर आपत्ति
- 2082/12/19 भूमि सुधार तथा मालपोत कार्यालयबाट चार जना बिचौलियाको आरोपमा पक्राउ
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ